थप ४३ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या १५५ पुग्यो

थप ४३ जना डिस्चार्ज : कोरोना जित्नेको संख्या १५५ पुग्यो

काठमाडौं : थप ४३ जना डिस्चार्ज भएका छन्। वीरगन्जको नारायणी अस्पतालबाट ४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सहित कोरोना जित्नेको संख्या १५५ पुगेको हो।

प्रवक्ता देवकोटाको अनुसार संक्रमित सबै नारायण अस्पतालबाट निको भएर घर गएका हुन्।७ देखि ५३ वर्ष उमेर समूहका उनीहरु ११ औंदेखि १६ औं दिनको अविधमा कोरोना जित्न सफल भएका हुन्।दुई महिलासहित ४१ जना पुरुष डिस्चार्ज भएका हुन्। 

प्रवक्ता देवकोटाको अनुसार प्रदेश विवरण अनुसार ६ वटा प्रदेशमा संक्रमितले कोरोना जितेका छन्। जसमध्ये प्रदेश १ मा २६, प्रदेश २ मा ७२ बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी १५५ जनाले कोरोना जितेका हुन्।१२४ पुरुष र ३१ जना महिला रहेका छन्।

यस्तै पछिल्लो समयमा ९० जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ।

यस्तै हालसम्म आरडीटीबाट ९७ हजार ९६७ र पीसीआर विधिबाट ५४ हजार ४२४ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा आरडीटी विधिबाट ३ हजार ७८२ र पीसीआर विधिबाबाट २ हजार ७७५ नयाँ नमूना परीक्षण भएका छन्।

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ११ हजार ६६,  प्रदेश २ मा ६ हजार ५६१ बागमती प्रदेशमा २४ हजार २१६, गण्डकी प्रदेशमा ७ हजार ७०१, प्रदेश ५ मा १६ हजार ८८०,कर्णाली प्रदेशमा १०हजार ६१८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ९२५ गरी जम्मा ९७ हजार ९६७ नमूना आरडीटीबाट परीक्षण भएका छन्।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या ५५ हजार २८२ पुगेको छ। आइसोलेसनमा ५८२ जना रहेका छन्। जसमध्ये प्रदेश १ मा ६०, प्रदेश २ मा १९१, बागमतीमा २६,गण्डकीमा ५, प्रदेश ५ मा २६३ कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना गरी जम्मा ५८२ जना आइसोलेसनमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.