सप्तरीमा भारतबाट फर्किएका ११ जना संक्रमित

सप्तरीमा भारतबाट फर्किएका ११ जना संक्रमित

राजविराज : भारतबाट आएका सप्तरीका एक महिलासहित ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा बसेका १८, १९, १९, २०, २०, २१, २८ र ५६ वर्षीय पुरुष, बलान बिहुल गाउँपालिका–४ बेल्ही स्थित राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १७ वर्षीया महिला र २९ वर्षीय पुरुष तथा सुरुङ्गा नगरपालिकास्थित मसीलाल जनता माविको क्वारेन्टाइनमा बसेका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

    
बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सप्तरीका ११ जना कोरोना संक्रमितको जानकारी पठाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । योसहित सप्तरीमा कोरोना संक्रमण पुष्टि भएका १५ जना पुगेको छ । पहिलोपटक वैशाख २९ गते डाकनेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको थियो । उनीसहित १३ जना मजदुर लकडाउनका बेला चितवनबाट वैशाख ९ गते सप्तरी आएका थिए ।
    
त्यसपछि भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकको जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्रीमती र भाइसहित जेठ १ गते आएका उनी चोरबाटो हुँदै घरमा लुकिछिपी बसेकोमा गाउँलेहरुले खबर गरेपछि प्रहरीले जेठ ३ गते बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित क्वारेन्टाइनमा राखेको थियो ।  
    
सोमबार डाकनेश्वरी नगरपालिका–५ पातोस्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा बसेका डाकनेश्वरी नगरपालिका–४ का २२ वर्षीय र वडा नम्बर ८ का ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो । संक्रमित दुबै जना भारतको मुम्बईबाट जेठ ५ गते आएको डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य सहसंयोजक उमेश साहले बताए । भारतबाट आए लगत्तै उनीहरुलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको थियो । 
    
आज पुष्टि भएका ११ जनालाई भारतको विभिन्न राज्यबाट आएपछि विभिन्न स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनहरुमा राखिएको थियो । पछिल्लो पटक क्वारेन्टाइनमा बसेका २ सय ३८ जनाको स्वाब पठाएकोमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ आएको र बाँकीको रिपोर्ट आउने क्रममा रहेको निमित्त प्रमुख यादवले बताए ।
    
संक्रमित व्यक्तिहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको अस्पतालका डा. रणजितकुमार झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.