कपिलवस्तुमा २४ जनामा कोरोना संक्रमण
कपिलवस्तु : जिल्लाको यशोधरा गाउँपालिकामा २ वर्षीय बालिकासहित २४ जनामा मंगलबार कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तौलिहवाले दिएको जानकारी अनुसार यशोधरा गाउँपालिका वडा नं. १ का १२ जना पुरुष, वडा नं. २ का ४ जना पुरुष र २ वर्षीया बालिका संक्रमित भएका छन् । यसै गरी वडा नं. ८ का ७ जना पुरुषमा कोरोना संक्रमण देएिको छ ।
गाउँपालिकाको ३ वटा वडाका २ सय २४ जनाको स्वाब संकलन गरी पठाइएकोमा २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।