१३ संस्थानको नोक्सानी तीन सय प्रतिशतले बढ्यो

१३ संस्थानको नोक्सानी तीन सय प्रतिशतले बढ्यो

काठमाडौं ; सञ्चालनमा रहेका १३ वटा संस्थानको घाटा तीन सय प्रतिशतले बढेको छ। सरकारले उपयुुक्त मोडेल छनोट गरी बन्द भएका र घाटामा सञ्चालित संस्थान समेत चलाउने नीति लिएको भए पनि लागत–प्रभावी विधिमा छनोट गर्न नसक्दा घाटा बढेको हो।

संस्थानको प्रगतिसम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँचवटा संस्थानको कारोबार ठप्प छ। नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशतले बढ्दा १३ संस्थानको घाटा ३०६.५८ प्रतिशत पुगेको छ। संस्थानको खुद नाफा २०७४/७५ को तुलनामा १२.३६ प्रतिशतले वृद्धि भई ४८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। संस्थानको समग्र सञ्चित नाफा २८.९३ प्रतिशतले बढेर ५१ अर्ब ६६ करोड ९१ लाख पुगेको छ। संस्थानको लाभांश भुक्तानी दर २०७४/७५ को तुलनामा ४.२८ प्रतिशतले बढेर नौ अर्ब ४७ करोड नौ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

संस्थानको सञ्चालन आयमा वृद्धि भएको संघीय ससद्मा आर्थिक सर्वेक्षेण सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले बताए। अघिल्लो आवमा तीन खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रुपैयाँ सञ्चालन आय भएकोमा चालू आवमा २०.२९ प्रतिशतले वृद्धि भई चार खर्ब ७० अर्ब २६ करोड २५ लाख रुपैयाँ पुगेको छ।

उपयुक्त व्यवस्थापनको अभावमा ती संस्थान लामो समयदेखि घाटामा सञ्चालन हुनुका साथै बन्द हुन पुगे पनि सरकारले अझै ठोस कदम चाल्न नसक्दा संस्थानबाट सरकारले हरेक वर्ष ठूलो नोक्सानी व्यहोरिरहेको छ। घाटामा सञ्चालन भइरहेका र बन्द हुन पुगेका संस्थान औधोगिक क्षेत्रका छन्। सरकारले आउँदो आबको नीति तथा कार्यक्रममा समेत उपयुुक्त मोडेलमा ती संस्थान सञ्चालन गर्ने नीति ल्याएको छ। सार्वजनिक निजी साझेदारीलगायत कुनै मोडेलमा आउँदो आर्थिक वर्षमा सस्थान सञ्चालन गर्ने सरकारको तयारी छ। निजी क्षेत्रलाई लिजमा दिएर भए पनि संस्थान नाफामा सञ्चालन गर्ने सरकारको तयारी छ। संस्थानको प्रगति विवरण अनुसार नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि, बुटवल धागो कारखाना सञ्चालनमा छैनन्। तर, प्रशासनिक खर्च दिन प्रतिदिन बढिरहेको छ। जनकपुर चुरोट कारखाना, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यावसायिकरूपमा सञ्चालनमा छैनन्। यसको सञ्चित नोक्सानी २४ कारोड ७६ लाख छ।

गत वर्षको तुलनामा संस्थानमा सेयरधनी कोष २१ प्रतिशतले बढेर ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख पुगेको छ। संस्थानमा कुल लगानी २७.३६ प्रतिशतले बढेर चार खर्ब ६४ अर्ब ५९ करोड ३१ लाख पुगेको छ। संस्थानमा सरकारको सेयर लगानी ३५.६७ ले वृद्धि गरी दुई खर्ब ७१ अर्ब ८४ करोड पुगेको छ। त्यस्तै १७.२३ प्रतिशतले ऋण बढाएर संस्थानमा एक खर्ब ९२ अर्ब ७५ करोड ३२ लाख पुगेको संस्थानको प्रगति विवरणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.