क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका -७ को राष्ट्रिय माविमा क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका वडा अध्यक्षको क्वारेन्टाइनमै मृत्यु भएको छ। मंगलबार साँझ क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका-७ का वडा अध्यक्ष कल्लु रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले जानकारी दिए।
वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ वर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अस्पतालले उनको पोष्टमार्टम पछि कोरोना परीक्षण हुने जनाएको छ।
यसैगरी भारतबाट फर्केका कैलालीको गौरीगंगा नगरपालिका- ७ का ५५ वर्षिय पुरुषको बुधबार बिहान ६ बजे सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ।
मंगलबार दिउँसो उनलाई, गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशीक अस्पतालको इमरजेन्सी वार्डमा पुर्याइएको थियो।
प्रतिक्रिया दिनुहोस !