भारतबाट फर्किएका एकजनाको सेती अस्पतालको आइसोलेसनमै मृत्यु

भारतबाट फर्किएका एकजनाको सेती अस्पतालको आइसोलेसनमै मृत्यु

धनगढी : मंगलबार मात्रै भारतबाट फर्केका एकजनाको बुधबार बिहान सेती प्रदेशीक अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ। भारतबाट फर्केका कैलालीको गौरीगंगा नगरपालिका-९ का ५५ वर्षीय पुरुषको बिहान ६ बजे सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

मंगलबार दिउँसो उनलाई, गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशीक अस्पतालको इमरजेन्सी वार्डमा पुर्‍याइएको थियो। भारतबाट नेपालीहरुलाई ल्याएको बसले उनीसहितका यात्रुलाई बोर्डर पुग्न आधा किलोमिटर अगाडि नै एसएसबीको क्याम्प नजिक छोडेको थियो।
त्यही बेहोस भएको खबर आएपछि नेपाली सीमा नाकामा राखिएको एम्बुलेन्सबाट उनलाई सेती अस्पतालमा पुर्‍याइएको सीमामा खटिएका धनगढी उप–महानगरपालिकाका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए। 

सेती प्रादेशीक अस्पतालको इमरजेन्सीमा मंगलबार गरिएको उनको आरडीटी टेस्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले बताए। आरडीटी नेगेटिभ आएपनि उनलाई, सेतीको इमरजेन्सी वार्डबाट मंगलबार नै आइसोलेसनमा सारिएको थियो। 

अहिले मृतकको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ। उनको, थ्रोट स्वाब संकलन भइरहेको अस्पतालले जनाएको छ। सेती प्रादेशीक अस्पतालले उनलाई यसअघि नै अन्य रोग पनि रहेको जनाएको छ। अस्पतालले, त्यसबारेमा विस्तृत जानकारी केही समयमा आउने जनाएको छ।

यता कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ को राष्ट्रिय माविमा क्वारेन्टाइनको व्यवस्थापन गरिरहेका वडा अध्यक्षको क्वारेन्टाइनमै मृत्यु भएको छ। मंगलबार साँझ क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर नगरपालिका-७ का वडा अध्यक्ष कल्लु रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.