बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ : बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएको छ। पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यद्यपी, यसबारेको आधिकारिक जानकारीका लागि दिउँसोको पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य र धौलागिरी अस्पतालले बताएको छ। 

संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन्। तमानखोलामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको जानकारी आएको र उनीहरुलाई धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए। बडिगाड गाउँपालिकामा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए। 

चैत्र दोस्रो साता बागलुङमा बागलुङ नगरपालिका ४ कि १९ वर्षीय अशुं सापकोटा र ३ कि ६५ वर्षीया मनकुमारी शर्मालाई कोरोना संक्रमण भएको थियो। उनीहरु दुवै जना निको भएर घर फर्किसकेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.