भारतबाट सुर्खेत आएका युवाको मृत्यु

भारतबाट सुर्खेत आएका युवाको मृत्यु

सुर्खेतः भारतबाट फर्किएका एक युवाको मृत्यु भएको छ । भारतको गुजरातबाट आएका ती युवाको मंगलबार राती वीरेन्द्रनगरमा मृत्यु भएको हो । सुर्खेतको चिङ्गगाड गाउँपालिका ५ का २२ वर्षीय युवाको मृत्यु भएको हो । उनी मंगलबार मात्र रुपैडिया नाकाबाट सुर्खेत आएका थिए ।

प्रदेश सभा सांसद खड्कबहादुर खत्रीले गाडीमा आउँदै गर्दा उनलाई असजिलो भएपछि वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । तर उनको राती १२ बजे नै अस्पतालमै मृत्यु भएको उनले जनाए ।

सामाजिक विकास मन्त्रालयले पनि भारतबाट फर्किएका युवाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर  युवाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले गाडीमा आउँदाआउँदै सिकिस्त भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको दाबी गरेका छन् ।

साथै ती युवा वाथ रोगको समस्या रहेको भन्दै उनको कोरोना भाइरस संक्रमणले मृत्यु भए नभएको एकीन गर्न स्वाब झिकिएको जानकारी दिए । भारतबाट भित्रिएका उनको आरडीटी परीक्षण समेत गरिएको थिएन ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले भने आफूहरु अस्पतालमा जाँचका लागि पुग्दा युवा मृत अस्थामा भेटिएको बताए । पीसीआर परीक्षणपछि मात्र उनको मृत्युको कारण पत्ता लाग्ने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.