प्रेक्षाले लगाइन् फाँसी
मुम्बई : टीभी अभिनेत्री प्रेक्षा मेहताले इन्दौरस्थित आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरेकी छन्। उनी २५ वर्षकी थिइन्। दुई वर्ष पहिले उनी इन्दौरबाट मुम्बई आएकी थिइन्। उनले क्राइम पेट्रोलका केही भागमा काम गरेकी छन्। प्रेक्षा ‘मेरी दुर्गा’ र ‘नाल इश्क’ लगायतका धारावाहिकमा पनि खेलेकी थिइन्। लकडाउनका कारण उनी मुम्बईबाट इन्दौर आफ्नो घर गएकी थिइन्।
प्रेक्षाका पिताका अनुसार उनी तनावमा थिइन्। हिजो राति उनले फाँसी लगाएर आफ्नो ज्यान दिएको उनले बताए। बिहान छोरी उठाउन जाँदा झुन्डिएकी थिइन््। तुरुन्त अस्पताल लगिए पनि उनलाई बचाउन सकिएन। अहिलेसम्म सुसाइड नोट भेटिएको छैन भने पुलिसले घटनाको जाँच गरिरहेको छ।
प्रेक्षा नयाँ कलाकार हुन्। उनले धेरै नाटकमा अभिनय गरेर पुरस्कार पनि पाएकी छन्। उनका भिडियो एल्बम पनि निस्केका छन्। अक्षय कुमारको फिल्म ‘प्यडम्यान’ मा पनि उनले अभिनय गरेकी थिइन्। एजेन्सी