सर्लाहीका थप ७ जना संक्रमित भारतबाटै आएको खुलासा
मलंगवा : सर्लाही सदरमुकाम मलंगवामा थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। यो सहित जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मलंगवा ३ का २१ वर्षीय, ६ का २६, ३०, ३१ वर्षीय, ९ का १७ वर्षीय र ११ का १८ र ३० वर्षीय रहेका छन् ।
संक्रमित सबै केही दिन अगाडि भारतका विभिन्न सहरबाट आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । संक्रमित मलंगवा २ स्थित कवर्ड हलमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमितलाई मलंगवा २ स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको आइसोलेसन वार्डमा राख्ने तयारी भइरहेको प्रजिअ जिसीले जानकारी दिएका छन् ।
यस भन्दा अगाडी गोडैता नगरपालिकामा २६, रामनगर बहुअर्वा गाउँपालिकामा २, धनकौल गाउँपालिकामा १, हरिपूर्वा नगरपालिकामा १, हरिवन नगरपालिकामा १ र बागमति नगरपालिकामा १ जना गरि ३३ जना संक्रमित फेला परिसकेका छन् ।