एक वर्षीय बालकसहित दैलेखमा ८ कोरोना संक्रमित थपिए

एक वर्षीय बालकसहित दैलेखमा ८ कोरोना संक्रमित थपिए

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । बिहीबार दैलेखमा आठ जना नयाँ कोरोना संक्रमित थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४६ पुगेको हो । यसअघि दैलेखमा ८ र सुर्खेतमा ३० जनामा कोरोना भाइरस संक्रमण पृष्टी भएको थियो । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार कोरोना भाइरस पृष्टी भएका थप आठ जना सबै नारायण नगरपालिका दैलेखका हुन् । जसमा नारायण नगरपालिकाका एक बालक, एक महिलासहित ६ जना पुरुष रहेका छन् । वडा नम्बर–१ का २६ वर्षीय पुरुष, वडा नम्बर–३ का १९, ३०, ३६, ४० वर्षीय पुरुष, वडा नम्बर–४ का वर्ष एकका बालक र वर्ष २० की महिला र वडा नम्बर–५ का १७ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टी भएको हो ।   

यस्तै बुधबार मात्रै सुर्खेतका थप १५ जनामा कोरोना पृष्टी भएको थियो । कोरोना संक्रमित यी सबै व्यक्तिहरु भारतबाट फर्किएका हुन् । बुधबार पृष्टी भएका थप १५ जना संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका–१० जना तीन जना महिला र सात जना पुरुष रहेका छन् । भने सुर्खेतकै चौकुने गाउँपालिकाका दुई जना महिला र एकजना पुरुष रहेको प्रदेश अस्पताल कालागाउँका निर्देशक डाक्टर डम्बर खड्काले बताए । 

भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आएर मृत्यु भएका एक युवकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । सुर्खेतको अवलचिंग घर भएमा ती युवाको मंगलबार राती निधन भएको थियो । ‘हामीले स्वाब जाँच गर्न प्रयोगशालामा पठाएका थियौं', डाक्टर खड्काले भने, ‘उनको मृत्यु बाथरोगका कारण भएको पुष्टी भयो । कोरोना संक्रमण भएको देखिएन ।’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.