काला पहाडबाट फर्किएका मजदुर ठगिए

काला पहाडबाट फर्किएका मजदुर ठगिए

कालिकोट : विश्‍वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढिरहेका बेला काला पहाडबाट फर्किएका मजदुरबीच बाटोमा ठगिएका छन् । गाउँमा रोजगारी नपाएपछि परिवार पाल्नकै लागि भारत गएका मजदुर कोरोनाको त्रासपछि गाउँ फर्किँदा बीच बाटोमा ठगिएका हुन् । 

भारत जाँदा चार महिना अगाडि जिल्लाको शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिकाको सिमाना जिते बजारबाट महेन्द्रनगरसम्म गाडीमा ९ सय भाडा तिरेर गएका मानिस फर्किँदा प्रतिव्यक्ति २ हजार ४ सय भाडा तिरेका छन् ।

बिहीबारसम्म जिल्लाका विभिन्न स्थानीय तहका १ हजार ४ सय मानिस भारतबाट फर्किएका छन् । उनीहरु सबैले महेन्द्रनगरबाट जितेसम्मको भाडा २ हजार ४ सयका दरले तिरेका छन् । 

जितेबजारबाट स्थानीय तहसम्म लिनका लागि स्थानीय सरकारले थप भाडा तिरेका छन् । परिवारको एक सरो कपडा फेर्न र जीवीका चलाउन काला पहाड गएका मजदुरलाई यातायात भाडामा मार परेको छ । 

जिल्लाको पचालझरना गाउँपालिका ७ का जंगबिर ऐडीले भने, 'बढीमा एक हजार भाडा तिर्नुपर्ने बाटोमा २ हजार ४ सय तिरेर घर फर्कियौँ । महेन्द्रनगरमा गाडी चड्दै गर्दा भाडाको कुरा उठायौं। गाडीवालाले प्रतिव्यक्ति २ हजार ४ सय दिनुपर्छ भने । हामी एउटै गाडीमा ४५ जना कोचिएर बसेका थियौँ । भाडा बढी भयो भनेर प्रहरीलाई भन्यौँ । तर प्रहरीले पनि लकडाउनका वेला गाडी नै नपाइने अवस्था रहेको भन्दै मागेजति भाडा तिर्नु भनेर जवाफ दिए ।'

उनले भने, 'परिवारका सबै जनाको शरीरमा एकसरो कपडा फेर्न र खान नपुग्ने महिनामा चामल किनेर परिवारको छाक टार्न प्रदेश गएका हौं। महामारी बढ्दै गएपछि भारत सरकारले नेपालीलाई घर पठाउन थाल्यो । हामीले पनि घर सम्झिएर फर्कियौँ । रिजर्व गाडीमा दुवै तिरको भाडा लिदा पनि १ हजार ८ सय लिनुपथ्र्यो । दोहोरो ट्रिपको भन्दा पनि ६ सय बढी भाडा लगियो। हामी ठगियौँ । '

यस्तै अर्का स्थानीय बिर्ख संज्यालले प्रहरी प्रशासनकै निगरानीमा संचालित गाडीले भाडामा आफूहरुलाई ठगी गरेको बताए । उनले भने, 'पहिले सामान्य अवस्थामा सस्तो भाडामा यात्रा गरियो । अहिले विपद्का बेला प्रहरी प्रशासनले निगरानी गरि छुटाएका गाडीमा ठगियौँ । जति भाडा हो त्यति लिनुपथ्र्यो ।'

महेन्द्रनगरदेखी जितेबजारसम्मको भाडा दरमा तीन गुणा बढी भाडा लगियो । हामीहरुले यसबारे प्रहरीकहाँ गुनासो व्यक्त गरेपनि सुनुवाइ भएन् । यस्तै तिलागुफा नगरपालिका  ५ का वडा अध्यक्ष टिकाराम न्यौपानेले दैलेखको राकमसम्म २ हजार २ सय तिरेर आएका स्थानीय नागरिकलाई नगरपालिकाको केन्द्र गाल्जेसम्म प्रतिव्यक्ति १ हजार २ सय थप भाडा मागियो। गाडीवालासँग बार्गिनिङ गरेर एक हजार थप भाडा तिर्नु पर्यो । उनले भने,' प्रहरी प्रशासनले यस विषयमा चासो दिएन् । भाडामा आम नागरिक मारमा परेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.