अव्यवस्थित क्वारेन्टाइन : ओछ्यान थैलोमा खटिया चौरमा

अव्यवस्थित क्वारेन्टाइन : ओछ्यान थैलोमा खटिया चौरमा

मुगु : कोरोना रोकथाम तथा नियन्त्रणका लागि संकास्पद सक्रमितलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनका लागि छायाँनाथ रारा नगरपालिकाको १२ कार्यालयले हालसम्म  क्वारेन्टाइन व्यवस्थापन नगर्दा ओड्ने ओछ्याउने कपडा थैलो र खटिया चौरमा थन्किएका छन् ।

 
कोरोना रोकथाम तथा नियनत्रणका लागि नगरपालिकाले आफ्ना १४ वडामा क्वारेन्टाइन राख्ने निर्णय गरेको थियो । नगरपालिकाले प्रत्येक वडामा पाँच-पाँच बेडको क्वारेन्टाइनका लागि खटिया, ओड्ने ओछ्याउने कपडा र सरसफाइका समाग्री उपलब्ध गरेको भए पनि  १४ वडा कार्यालयमध्ये १२ वडाले हालसम्म क्वारेन्टाइन व्यवस्थापन नगर्दा ओड्ने ओछ्याउने कपडा, सरसफाइका सामग्री थैलो र खटिया चौरमा थन्किएका हुन् ।
 
कोरोना रोकथाम तथा नियन्त्रणका लागि  जिल्लाका चार स्थानीयतहले स्थापना गरेका क्वारेन्टाइनको अवस्थाबारे पहिलो पटक अनुगमन गरेको जिल्ला समन्वय समतिको टोलीले छायाँनाथ रारा नगरपालिका—१ देखि १४ वडामा पुग्दा वडा नम्बर चार  र आठमा मात्र क्वारेन्टाइन ब्यवस्थापन गरेको भेटिएका छन् । १ र २ वडाको संयुक्तरूपमा श्री महाकाली माध्यमिक विद्यालयमा राखिएको छ भने अन्य वडाले हालसम्म क्वारेन्टाइन ब्यवस्थापन गरेका छैनन् । नगरपालिकाले उपलब्ध गरेका ओड्ने ओछ्याउने कपडा, सरसफाइका सामग्री थैलोमा र खटिया खुल्ला चौरमा राखिएका पाइएको जिल्ला समन्वय समितिका उपसंयोजक कर्णशिला मल्लले बताइन् ।
 
'कोरोना भाइरस रोकथामका लागि स्थान तोकिएका छन् । ओड्ने ओछ्याउने कपडा र सरसफाइका समाग्री ल्याइसकेका छौँ ।  केही वडाले खटियासमेत आ आफ्नो स्थानमा पुर्‍याइसकेका छन् । केहीले ढुवानी अभावका कारणले अहिलेसम्म पुर्‍याउन सकेका छैनन्', छाँयानाथ रारा नगरपालिका —१२ का वडा अध्यक्ष  सुभास बुढाले भने, 'बिना स्टमेटले निमार्ण गरेका खटिया ढोकाभित्र छिराउन मुस्किल पर्दा खटिया चौरमा राख्नु परेको छ । ओड्ने ओछ्याउने कपडा उपलब्ध भए पनि सिरानी भने नपाउँदा पनि खटिया चौरमा र कपडा थैलोमा थन्क्याउनु परेको हो।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.