प्रधामन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड, दुई लाखलाई रोजगारी
काठमाडौं : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन भएको छ। यसबाट थप दुई लाखलाई रोजगारी प्रदान गर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताए। ५ अर्बको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बढाएर आउँदो आर्थिक वर्षका लागि ११ अर्ब ६० करोड बनाइएको हो।
मर्यादित काम, सामाजिक सुरक्षा र आर्दश श्रममा प्राथमिकता दिँदै सरकारले रोजगारी बढाउन आकर्षक प्याकेज लिएको खतिवडाले बताए।
कोरोनाबाट रोजगारी गुमाएर स्वदेश फर्केका र यहाँ रोजगारी गुमाएका सबैलाई रोजगारी दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो।
आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथ काम र पारिश्रमिकका पाउने गरी कार्यक्रम ल्याइएको हो। यसबाट सार्वजनिक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा बेरोजगारले काम पाउने छन्।
रोजगारी सिर्जना हुन नसक्ने क्षेत्रमा अन्य काममा लगाउने सरकारको योजना छ। श्रम सूचना बैंकमार्फत बेरोजगारलाई स्थानीय तहबाटै रोजगारी दिने घोषणा गरेको छ। ५० हजारलाई सीपमूलक तालिम दिएर रोजगारीमा लगाउन सरकारले एक अर्ब रकम विनियोजन गरेको छ।
५० हजारलाई सीप सिकाउने सरकारले निजी क्षेत्रलाई अनुदान दिने भएको छ। दुई वर्ष रोजगारी सुनिश्चित गरे ५० प्रतिशत अनुदान दिनका लागि एक अर्ब रकम विनियोजन गरिएको छ।