सीमा व्यवस्थापमा उदास बजेट
काठमाडौं : सीमा सुरक्षा र व्यवस्थापनलाई बजेटले बेवास्ता गरेको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीका ३९ बोर्डर अबर्जभेसन पोस्ट (बोओपी) स्थापना गर्ने बाहेक बजेटमा केही उल्लेख छैन । हाल १२१ विओपी छन्।
सीमा बचाउ अभियानका सदस्य कमल बरालले सीमा सुरुक्षा र व्यवस्थापनलाई सरकारले प्राथमिकता नराखेको भन्दै चिन्ता प्रकट गरे । दार्चुला टिंकर सडकको लागि बजेट बिनियोजन गरिएन । सडक नहुँदा कालापानी क्षेत्रमा जानको भारतीय सडकको प्रयोग गर्नुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गरिने बजेटमा छ ।कर्मचारी र सुरक्षाकर्मीले स्वदेशमै उपादन हुने पोशाक लगाउने बजेटमा उल्लेख छ ।आन्तरिक पर्यटन प्रवद्र्धन गरी शिथिल पर्यटन क्षेत्रलाई पुनर्जागृत गर्न कोरोनाको जोखिम समाप्त भएसँगै राष्ट्रसेवक कर्मचारी तथा संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई समेत देशदर्शन गर्न प्रोत्साहित गरिने बजेटमा छ ।
पुनर्निर्माणमा ५५ अर्ब
निजी आवास, पुरातात्विक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था र सरकारी भवन तथा क्षतिग्रस्त अन्य संरचनाको पुनर्निर्माणमा ५५ अर्ब विनियोजन गरिएको छ । धरहरा, रानीपोखरी र सिंहदरबारको मूल भवनलगायतको भूकम्पपछिको पुनर्निर्माणको काम अगामी आर्थिक भित्र सम्पन्न गरिने बटेजमा उल्लेख छ ।