कोरोना विशेष अस्पताल दाङबाट आठजना कोरोना संक्रमित डिस्चार्ज हुँदै

कोरोना विशेष अस्पताल दाङबाट आठजना कोरोना संक्रमित डिस्चार्ज हुँदै

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गराइरहेका ८ जना अस्पतालबाट डिस्चार्ज हुन लागेका छन्।दाङ, बाँके र कपिलवस्तुका आठजना कोरोना जितेर भएर घर जान लागेका हुन्। संक्रमण पछिको दुईवटा परीक्षण नेगेटिभ देखिए पछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गर्न लागेको अस्पताल व्यवस्थापक (हे.अ) दोर्ण वलीले जानकारी दिए ।

अस्पतालमा उपचाररत १६ जनाको परीक्षण गरिएकोमा ८ जनाको नेगेटिभ आएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।बाँकेका तीनजना, कपिलवस्तुका ४ जना र दाङका एकजनाको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्च गर्न लागिएको हो।अहिले अस्पतालमा ४० जना कोभिड १९ संक्रमितको उपचार भइरहेको छ । 

सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए । उनीहरु सबै १० देखि १४ दिनको अस्पताल बसाइपछि डिस्चार्ज हुन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.