क्वारेन्टाइन बनाउन पठाइएका सामान अलपत्र
मुगु : कोरोना रोकथाम तथा नियन्त्रणका लागि शंकास्पद सक्रमितलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनका लागि छाँयानाथ रारा नगरपालिकाका १२ कार्यालयले हालसम्म क्वारेन्टाइन व्यवस्थापन नगर्दा ओड्ने ओछयाउने कपडा थैलो र खटियाहरु चौरमा थन्किएका छन्।
छायाँनाथ रारा नगरपालिकाले आफना १४ वडामा क्वारेन्टाइन राख्ने निर्णय गरेको थियो । नगरपालिकाले प्रत्येक वडामा पाँच–पाँच बेडका क्वारेन्टाइनका लागि खटिया, ओड्ने ओछयाउने कपडा र सरसफाईका सामग्री उपलब्ध गराएको भएपनि १४ वडा कार्यालय मध्ये १२ वडाले हालसम्म क्वारेन्टाइन व्यवस्थापन नगर्दा ओड्ने ओछयाउने कपडा, सरसफाईका सामग्रीको थैलो र खटियाहरु चौरमा थन्किएका हुन्।
१ र २ वडाको संयुक्त रुपमा श्री महाकाली माध्यमिक विद्यालयमा राखिएको छ भन्ने जानकारी आएको भएपनि अन्य वडाले भने हालसम्म क्वारेन्टाइन व्यवस्थापन गरेका छैनन् । नगरपालिकाले उपलब्ध गरेका ओड्ने ओछयाउने कपडा, सरसफाईका सामग्री थैलोमा र खटियाहरु खुल्ला चौरमा राखिको पाइएको जिल्ला समन्वय समितिका उप संयोजक कर्णशिला मल्लले बताइन।
ओड्ने ओछयाउने कपडा र सरसफाईका समाग्री ल्याइसकेका छन्। केही वडाले खटियासमेत आ–आफनो स्थानमा पुर्याइसकेका छन्। केहीले ढुवानी अभावका कारणले अहिलेसम्म खटिया पठाउन छैनन्। बिना स्टमेटले निमार्ण गरेका खटिया ढोकाभित्र छिराउन मुस्किल पर्दा खटिया चौरमा राख्नु परेको छ। ओड्ने, ओछयाउने कपडा उपलब्ध भएपनि सिरानी भने नपाउँदा पनी खटिया चौरमा र कपडा थैलोमा थन्क्याउनु परेको छायाँनाथ रारा नगरपालिका–१२ का वडा अध्यक्ष सुभास बुढाले बताए।
प्रत्येक वडामा पाँच–पाँच बेडको क्वारेन्टाइन स्थापना गर्ने कार्यपालिका बैठकले निर्णय गरेको थियो। हालसम्म दुई वडाले मात्र क्वारेन्टाइन व्यवस्थापन गरेको जानकारी आएको छ। अन्य वडाले के कति कारणले स्थापन नगरेका हुन् । तत्काले वडा अध्यक्षहरु क्वारेन्टाइन व्यवस्थापन गर्न कडाई गरिने छायाँनाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताएका छन्।