प्यूठानमा पाँच जनाको आरडिटी पोजिटिभ
प्यूठान : ऐरावती गाउँपालिका-६ विजुली प्यूठानका ५ जनाको आरडिटी परिक्षणमा पोजिटिभ देखिएको छ। जनता मावि विजुलीको क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। उनीहरुको पीसीआर परिक्षणका लागि स्वाब ल्याउने तयारी भइरहेको उनले बताए।
भैरहवा वा दाङमध्ये एक ठाउँमा पीसीआर चेकजाँचका लागि स्वाब पठाइने उनले जानकारी गराए। सोही क्वारेन्टाइनमा बसेकी एक महिलाको निधन भएको थियो। उनको पीसीआर रिपोर्ट अझै आइसकेको छैन्। स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख सुवेदीका अनुसार हालसम्म जिल्लामा आरडिटी पोजिटिभ देखिएका कसैलाई पनि कोरोना पुष्टि भएको छैन्।