दाङका थप पाँच जनामा कोरोना : संक्रमितको संख्या २५ पुग्यो
दाङ : दाङका थप पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ। दाङमा योसहित सक्रमित हुनेको सख्या २५ पुगेको छ। शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परिक्षणमा दाङको बंगलाचुली गाउँपालिकाका-४ जना र बबई गाउँपालिकाका एक जनामा कोरोना पोजिटिभ देखिएको हो।
कोरोना संक्रमण देखिएकाहरुमा बबई गाउँपालिका-६ हापुरेका ३० वर्षिय एकजना, बंगलाचुली गाउँपालिका-४का ३८ वर्षीय, वडा नं १ का २७, २८ र ३३ वर्षका व्यक्तिहरुका कोरोना संक्रमण भएको पाइएको छ।
भुलीडाडा क्वारेन्टाइनमा बस्ने एक जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने ३ जना रहेको गाउँपालिकाले जनाएको छ। बबईको जनकल्यान मावि पदमपुरमा क्वारेन्टाइनमा बसेकाहरु रहेका छन्। उनीहरु सबै भारतबाट आएको बुझिएको छ।