सर्लाहीमा दुई सञ्‍चारकर्मीसहित थप ४ जना कोरोना संक्रमित थपिए

सर्लाहीमा दुई सञ्‍चारकर्मीसहित थप ४ जना कोरोना संक्रमित थपिए

मलंगवा : सर्लाहीमा शुक्रबार थप ४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेको छ। संक्रमित हुनेहरुमा २ जना कौडेना गाउँपालिकाका रहेका छन्। कौडेना गाउँपालिका-१ का २१ वर्षीय र वडा नं. २ का १९ वर्षीय रहेका छन्। त्यसैगरी सदरमुकाम मलंगवाका २ जना संचारकर्मी समेतमा कोरोना पोजिटिभ देखिएको छ। मलंगवा १० का २६ वर्षीय र मलंगवा-९ की  ३० वर्षीया संचारकर्मी रहेका छन् । संचारकर्मीद्वय गत सोमबार पीसीआरका लागि स्वाब दिएका थिए।

जिल्लामा ४ जना थप फेलापछि कोरोना संक्रमितको संख्या ४४ पुगेको छ। यसभन्दा अगाडी गोडैता नगरपालिकामा २६, मलंगवा नगरपालिकामा ७, रामनगर बहुअर्वा गाउँपालिकामा २, धनकौल गाउँपालिकामा १, हरिपूर्वा नगरपालिकामा १, कविलासी नगरपालिकामा १, हरिवन नगरपालिकामा १ र बागमति नगरपालिकामा १ जना फेला परेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.