प्रहरी हिरासत कक्ष तोडेर भागेका एक पक्राउ
सिरहा : २०७६ मंसिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुरपतारको प्रहरी हिरासत कक्षको ढोका तोडेर भागेकामध्येबाट थप एकजना थुनुवा पक्राउ परेका छन् । प्रहरीले उनलाई सिरहा नगरपालिका १५ स्थित ससुराली घरमा लुकिछिपी बसिरहेको अवस्थामा ६ महिनापछि शुक्रबार पक्राउ गरेको हो ।
सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका २२ का ३१ वर्षीय रामअशिस यादव रहेका छन् । पक्राउ परेका यादव लागुऔषध मुद्दामा प्रहरी हिरासतमा थिए । त्यहाँ उनी अन्य थुनुवाहरुलाई पनि भाग्नलाई उक्साउने मुख्य व्यक्ति रहेको बुझिएको एसपी चतुर्वेदीले बताए ।
प्रहरी हिरासत कक्ष तोडेर ८ जना भागेका थिए । उनीहरुमध्येबाट ६ जना पक्राउ परिसकेका प्रहरीले जनाए ।