सर्लाहीमा थपिए १७ कोरोना संक्रमित
मलंगवा : सर्लाहीका तीन गाउँपालिकाको १७ जनामा कारोना भाइरस (कोभिड–१९) को संक्रमण फेला परेको छ । सर्लाहीको पर्सा गाउँपालिकामा १२ जना, विष्णुप गाउँपालिकामा ४ र कौडेना गाउँपालिकामा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहले जानकारी दिएको छ ।
संक्रमित पर्सा गाउँपालिकाका १६ , १७, १८ वर्षीया महिला, १९ , २१, २४, २४, २७, २८, ३३, ३३ र ४० वर्षीय पुरुष रहेका छन् । विष्णु गाउँपालिका २ का उमेर नखुलेका एकजना, वडा नं ५ का १६, २८, १८ वर्षीय रहेका छन् ।
त्यसैगरी कौडेना गाउँपालिकाका १८ वर्षीय युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । १७ जना थपिएसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ ।