नवलपरासीमा आरडिटी परीक्षण गर्दा ११ जनाको पोजिटिभ रिपोर्ट

नवलपरासीमा आरडिटी परीक्षण गर्दा ११ जनाको पोजिटिभ रिपोर्ट

परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित कोभिड १९ को आरडिटी परीक्षण गरिँदा ११ जनामा पोजिटिभ रिपोर्ट आएको छ ।

गाउँपालिकाका ८ स्थानमा क्वारेन्टाइन छन् । तीमध्ये ७ वटा क्वरोन्टाइनमा रहेका ९१ जनामा गरिएको आरडिटी परीक्षणमा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

पोजिटिभ देखिएका सबैको स्वाब संकलन गरेर काठमाडौँ पठाइएको छ । अरुलाई घर पठाउन थालिएको छ । सुस्ता गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ६९ छ ।

पीसीआर परीक्षण गर्न जिल्लामा भिटिएम नभएकाले क्वारेन्टाइनमा बस्नेहरुलाई आरडिटी परीक्षण नेगेटिभि आएपछि घर पठाउने गरिएको छ ।

“सरकारले १४ दिन पूरा गरेकालाई आरडिटी गरेर घर पठाउन भनेको छ । सोही निर्देशन अनुसार नेगेटिभ आएकालाई घर पठाउन थालिएको हो,” ढकालले भने । पीसीआर परीक्षण नगरी घर पठाउँदा गाउँलेले बिरोध गर्न थालेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । “भिटिएम छैन । १४ दिन पूरा भएकाहरुले घर नपठाए भागेर जान्छौँ भनेर धम्की दिन्छन् । पठायो पीसीआर नगरी घर पठाएको भन्दै गाउँले बिरोध गर्छन्,” अध्यक्ष पाण्डेले गुनासो गरे ।

सरकारले भिटिएम नपठाउँदा स्थानीय तहहरु समस्यामा परेको उनले बताए । यसअघि सुस्ता गाउँपालिकामा गरिएको पिसीआर परीक्षणमा २ जनामा पोजिटिभ देखिएको थियो । अहिलेसम्म जिल्लामा ५ जना कोरोना संक्रमित छन् ।

शनिबारसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या १४ सय ८ छ । क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् । जिल्लामा हरेक दिन भारतबाट आउनेको संख्या  बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.