क्वारेन्टाइनमा बस्नेले ओड्ने, ओछ्याउने चोरेर लान थाले

क्वारेन्टाइनमा बस्नेले ओड्ने, ओछ्याउने चोरेर लान थाले

परासी : क्वारेन्टाइनमा बस्ने अवधि सकिएर घर जानेहरुले ओड्ने ओछ्याउने नै चोरेर लैजान थालेका छन्। पश्चिम नवलपरासी जिल्लाका केही क्वारेन्टाइनमा बस्नेहरुले स्थानीय तहले उपलब्ध गराइएका तन्ना र झुल आफू घर जाँदा लुकाएर लैजाने गरेको पाइएको हो । यसले गर्दा स्थानीय तहलाई आर्थिक बोझ थपेको छ। 

क्वारेन्टाइनमा आउँदा झोला लिएर आउने केही व्यक्तिहरुले झुल र तन्ना लैजाने गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए । ‘घर जाँदा झोलामा लत्ताकपडा लुकाएर लैजाने गरेको पाइएको छ’ उनले भने ‘झोला खानतलासी गर्ने कुरा पनि भएन तर खाली भएको कोठामा गएर हेर्दा उनीहरुलाई उपलब्ध गराइएका तन्ना र झुल नै नभएको पाइने गरेको छ ।’ 

कपडा चोरी हुन थालेपछि निगरानी बढाउन थालिएको उनले बताए । नगरपालिकाले सदरमुकाम परासीसहित ११ वटा वडामा क्वारेन्टाइन बनाएको छ । सबैमा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १३८ छ । जिल्लामा हरेक दिनजसो भारतबाट आउनेको संख्या बढ्दो छ । अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १४०८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

 अहिलेसम्म ८६५ को पीसीआर र ६३३ को आरडिटी विधिबाट कोभिड–१९ को परीक्षण गरिएको छ । जसमा ५ जना संक्रमित भएका छन् । आरडिटीबाट परीक्षण गरिएकामध्ये १३ जनामा पोजेटिभ देखिएको छ । जसमा पीसीआर गर्दा एक जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो भने अन्य १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.