चिकित्सकसहितको टोली दैलेख आउँदै

चिकित्सकसहितको टोली दैलेख आउँदै

दैलेख  : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सकसहितको टोली आज बिहान दैलेखका लागि हिडेको छ।कोरोना भाइरसको उच्च जोखिममा रहेको दैलेखमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आउन लागेको हो।

कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन तथा जनस्वास्थ्य स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली दैलेख पठाएको अस्पतालले जनाएको छ।प्रतिष्ठानले डा. दिनेश शाही, डा. रोज्निम प्रधान, जनस्वास्थ्य विज्ञहरु प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोली दैलेख पठाएको हो।

दैलेखमा कोरोनाको थप जोखिम बढ्न नदिन चिकित्सक सहितको टोली पठाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।टोली करिब एक महिनासम्म दैलेख बस्ने रजिस्ट्रार काफ्लेले बताए।‘टोलीले स्वास्थ्य सेवा कार्यालय दैलेखले आवश्यकताका आधारमा खटाएको स्थानमा पुगेर कोरोना संक्रमितको उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ,’ रजिस्ट्रार काफ्लेले भने।

दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान कोरोनाका कारण क्वारेन्टाइनमै मृत्यु भएपछि यहाँका नागरिक थप त्रसित बनेका छन्।नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा बसेका ती युवकको समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको हो।

दैलेख अस्पतालको इमरजेन्सी वार्डमा सिल

दैलेख अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको छ।इमरजेन्सी वार्डमा भर्ना गरिएका एक जना २२ वर्षीय पुरुषमा आरडीटी पोजिटिभ देखिएपछि सिल गरिएको हो।ती पुरुष सुगरका बिरामी हुन्।उनले आफु एक वर्ष अघि नै भारतबाट आएको बताएपछि इमरजेन्सी वार्डमा भर्ना गरी उपचार थालिएको तर केहि दिन अघि मात्र भारतबाट आएको र क्वारेन्टाइनबाट भागेको खुलेपछि आरडीटी परीक्षण गरिएको थियो ।

आरडीटी परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि इमरजेन्सी वार्ड सिल गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखको कोभिड १९ फोकल पर्सन थिरप्रसाद रेग्मीले बताए।उनका अनुसार अहिले छुट्टै भवनलाई इमरजेन्सी वार्डको रुपमा प्रयोग गरिएको छ।बिरामीलाई सुर्खेत पठाईएको रेग्मीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.