दैलेखमा थप १७ जनाको कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

दैलेखमा थप १७ जनाको कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

दैलेख : दैलेखमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेललेका अनुसार दैलेखको नारायण नगरपालिकाका १७ जनाको कोरोना संक्रमण देखिएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । 
नारायण नगरपालिका–३ का १६, १९, २९, ४८ वर्षीय पुरुष, नारायण नगरपालिका–५ का १८, २४, २५, २८, ३५ वर्षीय पुरुष, नारायण नगरपालिका–४ का १८, २०, २०, २२, २२ र ३८ वर्षीय पुरुष, नारायण नगरपालिका–८का २६ वर्षीय पुरुष, नारायण नगरपालिका–९ साँडुका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  

योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । संक्रमितमध्ये एकजनाको शनिबार मृत्यु भएको छ । यसैबिच आइतबार कालिकाटको शुभकालिका गाउँपालिका –५ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.