कालिकोटका कोरोना संक्रमितलाई उपचारका लागि सदरमुकाम ल्याइँदै

कालिकोटका कोरोना संक्रमितलाई उपचारका लागि सदरमुकाम ल्याइँदै

कालिकोट  :  कालिकोटका १७ जना र बाजुराका एकजना गरी १८ जना कोरोना संक्रमितलाई तिलागुफाबाट उपचारका लागि जिल्ला सदरमुकाम मान्म ल्याउने तयारी गरिएको छ । 

उनीहरुको तिलागुफाबाट सदरमुकाम मान्म ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । उनका अनुसार जिल्ला सदरमुकामस्थित निर्माणाधिन एकिकृत भवनमा सुरक्षित राखेर उनीहरुको उपचार गर्ने तयारी गरिएको हो । 

शनिबार मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर जाँच गर्दा जिल्लाको शुभकालिका गाउँपालिकाका १२ जना र महाँवै गाउँपालिकाका ५ जना र एकजना बाजुराका व्यक्तिमा पहिलो पटक कोरोना पुष्टि भएको थियो ।

उनीहरु सबै तिलागुफा नगरपालिकास्थित सत्यदेवी माविमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएका थिए । उनीहरु सबै भारतबाट एउटै गाडीमा आएका थिए ।

कोरोना पुष्टि हुनेहरुमा कालिकोटको शुभकालिका गाउँपालिका ५ का १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, वर्षका र  वडा नं. ४ का २०, २२, २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै, कालिकोट महावै-२ का  ४२, २१ वर्षीका पुरुष, वडा नं. ७ का ५२, ३३ वर्षीय पुरुष, वडा नं. ५ का २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै हाल तिलागुफा नगरपालिकाको सत्यादेवी माविमा क्वारेन्टाइनमा रहेका बाजुराको जगनाथ गाउँपालिकाका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । 

जिल्लामा हालसम्म जम्मा १ हजार ४ सय ८ जनाको कोरोना संकास्पद मानिसको स्वाब संकलन गरिएको छ । जिल्लाको ९ वटै स्थानीय तहबाट शनिबारसम्म कोरोना परीक्षणका लागि १ हजार ४ सय ८ जनाको स्वाब संकलन गरिएको हो । 

स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार स्वाब संकलन गरिएका मध्ये७ सय ३५ जनाको कोरोना संकास्पद व्यक्तिको  सीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । सूचना अधिकारी महतका अनुसार १८ जनामा कोरोना पुष्टि भएको छ । बाँकीको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

जिल्लामा हालसम्म भारतबाट आएका मात्र १ हजार ६ सय ९४ मानिस क्वारेन्टाइनमा राखिएका छन् । करीब ४ सय जना आइरहेको बताइएको छ।जिल्लामा भने भिटिएम अभाव छ।

सूचना अधिकारी महतका अनुसार जिल्ला अस्पतालमा चार बेडको मात्र आइसोलेसन छ । प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाँउमा ५ बेडको छ । रास्कोट सामुदायिक अस्पतालमा ४ बेड र महाँवै गाउँपालिकामा २ बेड गरी १५ बेडको आइसोलेसन छ ।

जिल्ला सदरमुकामस्थित एकिकृत भवनमा ५० बेडको आइसोलेसन बनाउने तयारी छ । प्रदेश सरकारले एक करोड बजेट पनि उपलब्ध गराइसकेको छ ।जिल्लामा भेन्टिलेटर र आइसीयुको सुविधा छैन् ।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.