मुस्ताङ र म्याग्दीको सीमानाकामा कोरोना क्लिनिक

मुस्ताङ र म्याग्दीको सीमानाकामा कोरोना क्लिनिक

जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका -४ घासामा शनिबार कोरोना परीक्षण क्लिनिक संञ्चालनमा आएको छ ।पोखरा देखि म्याग्दीहुँदै मुस्ताङ प्रवेश गर्ने मालबाहक तथा निर्माण सामग्री लिएर मुस्ताङ आउने सवारी साधनका चालक र सहचालकको अनिवार्य कोरोना परीक्षण गराउने उद्देश्यले आरडीटी परीक्षण क्लिनिक संञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमण जिल्लामा फैलिन थालेपछि जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रण गर्न उच्च सर्तकता अपनाइएको हो । 

छिमेकी जिल्ला म्याग्दीमा कोरोना संक्रमण देखा पर्न थालेपछि स्थानीय तह र स्थानीयको माग अनुसार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले आरडीटी क्लिनिक संञ्चालनमा ल्याएको मुस्ताङका सिडिओ वेदप्रकाश अर्यालले जानकारी दिए ।

मुस्ताङको थासाङ-४ को हाइड्रो पावरको खाली जग्गामा क्लिनिक राखिएको छ । क्लिनिकलाई चाहिने बिजुली ,पानी र सुरक्षाको प्रबन्ध घासास्थित बज्रदल गणको नेपाली सेनाले जिम्मा लिएको छ ।

क्लिनिमा आवश्यक पर्ने फर्निचर थासाङ-४ वडाले गर्ने र टेन्टको व्यवस्था प्रदेश सरकारले गरेको छ । यस्तै, जिल्ला स्वास्थ्य कार्यायल तथा जिल्ला अस्पताल जोमसोमले जिल्ला भित्रिने सवारी साधनका चालक तथा सहचालको कोरोना परीक्षण गर्न आरडीटी किट ,ग्लोब्स ,माक्स र सेनेटाइजरको व्यवस्था गरेको छ भने क्लिनिकलाई चाहिने प्राविधिक जनशक्ति जिल्ला अस्पतालले गरेको सिडिओ अर्यालले जानकारी दिए । 

क्लिनिक सञ्चालनपछि मुस्ताङ आउजाउ गर्ने सवारी चालक तथा सहचालकले अनिवार्य आरडीटी परीक्षण गराई रिपोर्ट लिएर मात्र जिल्ला प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको सिडिओ अर्यालले उल्लेख गरे ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले मुस्ताङ जिल्लामा विकास तथा पूर्वाधार निर्माण लगायतका काम गर्न १४ बुँदे सर्त पालना गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।

जिल्ला समितिले तोकेको मापदण्डमा रही काम गर्ने प्रतिबद्धता जनाएपछि मात्रै विकास निर्माणको काम गर्न दिने व्यवस्था गरिएको सीडीओ अर्यालले जानकारी दिए । 

 निर्माण व्यवसायीले जिल्लामा कामदार ल्याउँदा कोरोना परीक्षण गर्नुपर्ने र तोकिएको सर्तका आधारमा कामदारलाई संक्रमण नफैलिने स्थानमा व्यवस्थापन गर्नुपर्ने जनाइएको छ । विकासको काम गर्दा निर्माणस्थलको अवस्थाका बारेमा दैनिक सुपरिवेक्षण गर्दै त्यसको रिपोटिङ समितिलाई बुझाउनुपर्ने छ । समितिले तोकेको नियममा रही काम गर्र्न हालसम्म ४ कम्पनीले अनुमती लिएका छन् । अमित बिल्डर्स, इलाईट संकरमाली जेभी ,बिरुवा कन्ट्रक्सन र कन्टेक कान्छाराम कोशी एण्ड न्यापानेले स्थानीय प्रशासनको अनुमती लिएका हुन् ।

यस्तै , मुस्ताङमा जिल्ला बाहिरबाट फलफुल ,तरकारी र मासुजन्य पदार्थ आयात गर्न प्रतिबन्ध लगाईएको छ । संक्रमित जिल्लाबाट फलफुल तथा तरकारी र मासजन्य पदार्थ भित्रिने सक्ने जनाउँदै कोभिड-१९ संकट व्यवस्थापन समितिले आइतबारदेखि  जिल्ला भित्र्याउन प्रतिबन्ध लगाएको हो । समितिले संकमण देखिएका जिल्लाबाट खाद्यान्न ल्याउन नपाउने जनाएको छ । थासाङ-४ का वडाध्यक्ष विशाल शेरचनले जिल्लाबाहिरबाट फलफूल तथा तरकारी आयात गर्ने रोक लगाइएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.