कोरोना विजेता गर्भवती भन्छिन् : 'आत्तिनु पर्दैन, धैर्य र आत्मबलले निको हुदोरहेछ'

कोरोना विजेता गर्भवती भन्छिन् : 'आत्तिनु पर्दैन, धैर्य र आत्मबलले निको हुदोरहेछ'

चितवन : हेटौडाकी कोरोना संक्रमित गर्भवती महिला संक्रमणमुक्त भएर घर फर्किएकी छिन् । हेटौडा १ चौकीटोलकी २५ वर्षीया महिला शुक्रबार र शनिबार कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार कोरोना मुक्त भएकी हुन्।

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत २५ वर्षीय गर्भवती कोरोनामुक्त भएर घर फर्किएकी हुन्। उनलाई भरतपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले  विदाइ गरेका थिए । 

भरतपुर अस्पतालका प्रसूति विभागका प्रमुख बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणी पोखरेलले संक्रमितको गर्भमा रहेको बच्चामा कुनै असर नगर्ने भन्दै परामर्श दिएका थिए ।

चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् । पछि परीक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको थियो। आत्मबल बढाए कोरोना जित्न सकिने उनले अनुभव सुनाइन्। 'कोरोना संक्रमण भइहाले आत्तिनु पर्दैन धैर्य र आत्मबल ठिक पारे निको हुन्छ, उनले भनिन्,'म गर्भवती हुँदा त निको भए, तपाईहरु नआत्तिनुस्।'

जेठ १३ गते हेटौडामा गरिएको स्वाब परीक्षणबाट कोरोना पोजिटिभ देखिएको थियो । पोजिटिभ आएपछि उनी भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्। पहिलो पटक स्वाब लिएको दिनदेखि गणना गरेर एक हप्तापछि पुनः परीक्षण गरिएको हो ।

लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि संक्रमण नभएको ठहर गरिन्छ। 'गर्भवती भएकाले विशेष निगरानी गर्‍यौं, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने, 'कुनै लक्षण देखिएन, लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि घर पठाएका हौं।'

यसअघि भरतपुर अस्पतालमा उपचार गराएर दुईजना निको भएर घर फर्किसकेका छन्। अस्पतालको आइसोलेसन वार्डमा दुई जना र भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चारजना संक्रमित उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.