कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु, १४ हजार बढी संक्रमित

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा एक सय २१  नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। 

संघका अनुसार एक हप्तामा बहराइनमा दुई जनाको ज्यान गएको छ। यूएई, बेलायत, अमेरिका, कुवेत र साउदी अरबमा एकरएकजना नेपालीको यो साता ज्यान गएको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा १९ जना नेपालीको निधन भएको छ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १७ पुगेको छ। यस्तै साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा २, कतारमा एक, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डस्मा १, र स्वीडेनमा १ जनाको ज्यान गएको छ। संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४ सय २५ गैरआवासीय नेपाली कोरोना संक्रमित छन्।

स्वास्थ्य समितिका अनुसार ३४ देशमा बस्ने नेपाली कोरोनाबाट प्रभावित भएका हुन्। कतार, अमेरिका, यूएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, प्रोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स्, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, फिनल्याण्ड, जर्मनी लगायत देशमा बसोबास गर्ने नेपाली कोरोनाबाट प्रभावित भएका छन्। 

त्यस्तै  साईप्रस, न्यूजील्याण्ड, हङ्कङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड लगायतका देशमा रहेका नेपाली संक्रमीत भएका छन्।

संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको  सापकोटाले जानकारी दिए। यो साता डेनमार्क र टर्कीमा रहेका नेपालीमा नयाँ संक्रमण देखिएको छ।

यसैबीच विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउन सहजिकरण गर्ने भएको छ। विदेशमा समस्या परेका २५ हजार बढी नेपालीलाई पहिलो चरणमा फर्काउने सरकारको तयारी छ।  

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले  अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन  सहजिकरणका गर्न तयार भएको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.