पूर्वी नवलरासीमा थप ३ जनामा कोरोना संक्रमण, उपचारका लागि जिल्ला अस्पताल लगियो

पूर्वी नवलरासीमा थप ३ जनामा कोरोना संक्रमण, उपचारका लागि जिल्ला अस्पताल लगियो

नवलपुर : पछिल्लो पटक पूर्वी नवलपरासीमा देखिएका ३ जना कोरोना संक्रमितलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ । सोमबार एक १४ वर्षीया किशोरसहित २ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । 

संक्रमितलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डाको आइसोलेसनमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए । अस्पतालमा ५ बेडको आइसोलेसन छ । ३ जना संक्रमित राखेसँगै अस्पतालको आइसोलेसन भरिएको छ । यसअघि देखिएका संक्रमितमध्ये २ जना पनि अस्पतालकै आइसोलेसनमा छन्।  

प्रसूति र जटिल किसिमका बिरामीबाहेक अस्पतालको अन्य सेवा बन्द रहेको चापागाईले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या ९ पुगेको छ । अन्य एकजना कोरोना संक्रमित युवती निको भएर घर फर्किसकेकी छिन्।

सोमबार कोरोना संक्रमित हुनेमा कावासोती नगरपालिका-१ र १२ का २२ र ३६ वर्षीया पुरुष छन् । १४ वर्षीय किशोर विनयी त्रिवेणी गाउँपालिका-३ का हुन् । भारतबाट आएका उनीहरुको अवस्था सामान्य छ । संक्रमित किशोर ८ जनाको समूहमा र अन्य अर्को समूहमा आएका हुन् । अन्य ४५ जनाको रिपोर्ट आउन बाँकी छ । 

जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमित देखिन थालेपछि आइसोलेसन अभाव हुन थालेको छ।' चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र र पितौजीघाट हेल्थ पोष्टमा ३÷३ गरी ६ आइसोलेसन वेड छन् । तर हरेक दिन संक्रमित थपिदै गएकाले  तत्काल कम्तिमा ५० बेडको आइसोलेसन आवश्यक छ । त्यसका लागि छलफल भइरहेको छ, 'चापागाईले भने । जिल्लामा १ हजार ५० जना क्वारेन्टाइन छन् । उनीहरुसबै भारतबाट आएका हुन्। दिनहुँ भारतबाट आउनेको संख्या बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.