बैतडीमा कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन भएन

बैतडीमा कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन भएन

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना कोरोना संक्रमितको सम्पर्कमा रहेका मानिसको स्वाब अझै पनि संकलन भएको छैन। गौरीफन्टा नाकाबाट संक्रमित व्यक्तिसँगै बैतडीका ४ सय बढी नागरिक जिल्ला भित्रिए पनि उनीहरुको स्वाब भने संकलन हुन सकेको छैन् । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका नागरिक अहिले जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा 

छन् । 

यही जेठ १० गते बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गौरीफन्टा नाकाबाट स्वदेश फर्केका उनीहरुको र्‍यापिड टेस्ट रिपोट पोजिटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको थियो । 

कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण भने हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । भीटीएम अभावमा सबैको स्वाब संकलन गर्न नसिकएको उनले बताए।

संक्रमित व्यक्तिको सम्पर्कमा रहेका नागरिकको स्वाब संकलन नहुँदा कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताए। 'बैतडीमा आएका नागरिक धेरैजसो भारतका कोरोना अति प्रभावित क्षेत्रबाट आएका छन् । उनीहरुको परीक्षण गर्न नसक्दा कोरोनाको जोखिम बढ्दै गएको छ, 'शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले भने, 'भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण नहुँदा जोखिम बढ्दै गएको छ ।'

क्वारेन्टाइन व्यवस्थापनमा चुनौती 

जिल्लाका १० वटै स्थानीय तहमा भारतबाट फर्केका नागरिकको संख्या दिनानुदिन बढ्दै गएपछि क्वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै रोजगारीका लागि गएकाहरु धमाधम स्वदेश फर्कन थालेपछि क्वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको हो । 

सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले भारतबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा राख्नका लागि अप्ठ्यारो भइरहेको बताए। भारतबाट फर्केका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्नका लागि चुनौती थपिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । उनले भनिन्, 'हाम्रो तयारी भन्दा बढी नागरिक भित्रिएका छन् । यो अवस्थामा क्वारेन्टाइनमा बस्नेहरुले पनि अनुशासनपूर्वक बसिदिनुपर्छ । व्यवस्थापनमा केही चुनौती देखिएका छन् । यी चुनौतीहरुको सामना सबै मिलेर गर्नुपर्छ ।'

जिल्लामा आइतबारसम्म ५ हजार बढी नागरिक क्वारेन्टाइनमा बसेका छन्। यो संख्या दिनानुदिन बढ्दै गरहेको स्वास्थ्य कार्यालयका कोभिड- १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । उनले भने, 'भारतबाट फर्कने नागरिकको संख्या दिनानु दिन बढ्दै गएको छ । त्यसैले भारतबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा राख्न अहिले चुनौती देखिएको छ।'

३ हजार ६ सय कीट आइपुग्यो 

बैतडीमा क्वारेन्टाइनमा बसेका नागरिकको द्रुत परीक्षणका लागि ३ हजार ६ सय र्‍यापिड टेस्ट किट आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्केर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षणका लागि कीट जिल्लामा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'अहिलेका लागि ३ हजार ६ सय कीट पुगेको छ । हामीले सबै स्थानीय तहमा कीट पठाइसकेका छौं। थप किट पनि माग गरेका छौं।'

किटको अभावमा क्वारेन्टाइनमा बसेका र १४ दिन पुगेका नागरिकको परीक्षणमा समस्या भइरहेकाले बेला किट आपूर्ति भएपछि समस्या समाधान भएको भट्टले बताए । उनले भने, 'क्वारेन्टाइनमा १४ दिन पूरा गरेका नागरिकको कोरोना परीक्षण गरेर मात्र घर पठाउनेछौं।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.