सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३ पुग्यो
धनगढी : सुदूरपश्चिममा थप १८ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण देखिएको छ।धनगढीको पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार १४ जना कैलालीका र अरु जिल्लाका ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा १८ जना थपिए पनि उनीहरुको ठेगाना भने खुलाइएको छैन । कैलालीका ११ जना पुरुष र ४ जना महिला, अछाम, डोटी, बैतडी र कञ्चनपुरका एक/एक जना पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले उनीहरुको ठेगाना केही बेरपछि थाहा हुने बताए । यो सँगै सुदुरपश्चिममा कोरोनासंक्रमितको संख्या ४३ पुगेको छ । सुदूरपश्चिमकै थप दुईजनाको कर्णाली प्रदेशका अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !