कपिलवस्तुमा थप ४० जनामा कोरोना भाइरस पुष्टि
कपिलवस्तु : जिल्लामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसरी नयाँ संक्रमित ४० जना र हाल सम्मका २ सय ७० जना गरी जिल्लामा कुल ३ सय १० जना कोरोना भाइरसको संक्रमणमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोमबार मात्रै बुद्धभूमि नगरपालिकाका १० जना पुरुष, शिवराज नगरपालिकाका २६ जना पुरुष, महाराजगंज नगरपालिकाका २ जना पुरुष र वाणगंगा नगरपालिकाका २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताए । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
जिल्लाका १० वटा स्थानीय तहले निर्माण गरेको विभिन्न क्वारेन्टाइनमा ४ हजार ८ सय जना रहेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ४ सय ९५ वेडको आइसोलेसन वार्ड निर्माण गरिएका छन्।