गर्भ परीक्षण गर्दा कोरोना, साथ छोडेनन् श्रीमानले

गर्भ परीक्षण गर्दा कोरोना, साथ छोडेनन् श्रीमानले

चितवन : पाँच महिनाको गर्भ रहँदा गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि हेटौंडाका नवीन पौडेल दम्पत्ति चकित परे। पोजेटिभ देखिएपछि उनले श्रीमतीलाई एक्लै छाडेनन्। भरतपुर अस्पतालको आइसोलेसनमा पौडेल दम्पत्ती संगै बसे। स्वास्थ्यकर्मीले अलग्गै बस्न भने पनि उनले जोखिम मोलेरै श्रीमतीसँगै बसेका हुन्।

आईसोलेसनमा उनले श्रीमतीलाई आत्मबल दह्रो बनाउन लगाए। पहिला श्रीमतीलाई एकछिन पनि छोडेनन्। शुक्रबार र शनिबार कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अन्नतः आइतबार कोरोना मुक्त भए। उपचारका लागि भरतपुर अस्पतालको आईसोलेसनमा रहँदा उनले श्रीमतीलाई साथ दिएका हुन्। पाँच महिनाको गर्भ रहेका कारण श्रीमती आत्तिने डरले उनी पनि सँगै बसेका हुन्। ‘सँगै स्वाब लिए पनि उनको पोजेटिभ आयो मेरो रिपोर्ट आउन ढिलो भयो’, पौडेलले भने, ‘पोजेटिभ नेगेटिभ केही थाहा नभएपछि गर्भवती भएपछि यस्तो बेलामा साथ छोड्न मन लागेन अनि जोखिम मोलेरै सँगै बसें।’ गर्भवती श्रीमती सँगैका पाँच दिनको बसाई पछि उनीहरू आइतबार खुसी हुँदै घर फर्किएका हुन्।

उनीहरूलाई भरतपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विदाइ गरेका थिए। पहिलो सन्तान भएकै कारण खुसी भएका उनीहरू बच्चामा के होला भन्ने डरमा थिए। अस्पतालको प्रसुती विभागका प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले संक्रमितको गर्भमा रहेको बच्चामा कुनै असर नगर्ने भन्दै परामर्श दिएका थिए। जेठ १३ गते हेटौंडामा गरिएको स्वाब परीक्षणमा पौडेलकी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.