१६ कम्पनीले लगे १० अर्ब लाभांश

१६ कम्पनीले लगे १० अर्ब लाभांश

काठमाडौं : विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन्। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीका कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन्।

विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन्। ‘स्वीकृतिपश्चात धेरै कम्पनीले लाभांश लैजान्छन्’, उनले भने,‘केहिले मात्र नेपालमै पुनर्लगानी गर्छन्।’

ती कम्पनीमध्ये १५ वटा कम्पनीले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ रोयल्टी बुझाएका छन्। विभागले फागुन मसान्तसम्मको उक्त मात्राको लाभांश र रोयल्टी स्वीकृत गरेको हो।

उद्योग विभागका निर्देशक उदयकुमार गुप्ताले लकडाउनयता कसैको पनि लाभांश स्वीकृति नगरिएको बताए। पछिल्लो समय २० वटा कम्पनीको लाभांश स्वीकृतिको प्रस्ताव आएको उनको भनाइ छ। ‘अहिले हामीले लाभांश लैजान स्वीकृति दिएका छैनौं’, उनले भने।

विभागका अनुसार सूर्य नेपाल, हुलास स्टिल, एसआरएल डाइनोस्टिक, थम्पन नेपाल, बर्जर पेन्ट्स एन्ड मिकोक्सन नेपालले लाभांश लगेका हुन्। त्यस्तै गोर्खा लरी, सोल्टी होटल, हिमालयन इन्टरप्राइजेज, एसिएन पेन्ट्स, युनिलिभर, बेलिन नेपाल, भोटेकोसी पावर कम्पनी, मणिपाल कलेज, फायर एन्ड आइस र मारुती सिमेन्टले लाभांश लगेका छन्।

अन्य थुप्रै कम्पनी लाभांश लैजाने प्रक्रियामा रहे पनि पछिल्लो समयमा कोरोनाले प्रभावित भएको छ। गत असोजभन्दा अघि लाभांशको स्वीकृत राष्ट्र बैंकले गर्ने व्यवस्था भए पनि पछिल्लो समयमा उद्योग विभागले नै गर्न थालेको छ। निर्देशक गुप्ताका अनुसार लाभांश लैजान धेरै कम्पनी तयारी अवस्थामा भए पनि कोरोनाले प्रभावित भएको बताए।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा)मा विदेशी लगानी आकर्षित गर्न लगानी, सञ्चालन र फिर्तासम्बन्धी स्पष्ट व्यवस्था गरिएका कारण पछिल्लो समय विदेशी लगानी प्रतिबद्घता बढ्दै गएको छ। फिटा कार्यान्वयनमा आएसँगै पछिल्लो समय विदेशी लगानी बढ्नुका साथै लाभांश लैजाने कम्पनी पनि बढ्न थालेको विभागले जनाएको छ।

विदेशी उद्योगले आफ्नो आम्दानीबाट नेपालमै पुनः लगानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ। त्यस्ता कम्पनीले यदि नेपालमै लगानी गर्न चाहेमा पुनः स्वीकृति लिनुनपर्ने व्यवस्था छ तर लगानीबारे विभागलाई जानकारी गराउनु पर्छ।

विभागका प्रवक्ता विनोद खड्काका अनुसार लाभांश लैजाने प्रस्ताव स्वीकृत भए पनि केहीले नेपालमै लगानी गर्न चाहेका छन्। उनका अनुसार सूर्य नेपालले होटलमा लगानी गर्न चाहेको छ। पुनर्लगानी गर्न चाहनेलाई भने लाभांशमा लाग्ने करमा सहुलियत दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.