बीपी प्रतिष्ठानबाट १८ संक्रमित डिस्चार्ज
धरान : प्रदेश १ का सुनसरी र झापाका १८ कोरानो संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७ पुरुष सोमबार राति डिस्चार्ज भएका हुन् ।
दुई पटकसम्म पीसआिर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपपछि उनीहरुलाई घर पठाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पताल आइसोलेसन वार्डका प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी बताए ।
कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह लगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए । प्रतिष्ठानमा हाल शंकास्पद पाँच जना र संक्रमित ८० जना रहेको सहायक निर्देशक विकास साहले बताए । संक्रमितहरु अधिकांश झापाका हुन्।
कोरोनामुक्त भई फर्कनेहरुलाई धरानका मेयर तिलक राईले स्वास्थ्य लाभको कामना गर्दै कोरानाबाट बच्न अरुलाई पनि सचेत गराउन अनुरोध गरे । कोराना जितेर डिस्चार्ज भएका अयुब मियाँले सरकार र प्रतिष्ठानका चिकित्सक, नर्सका कारण आफूहरु कोराना जित्न सफल भएको भन्दै सरकार र उपचारमा संलग्न सबैलाई धन्यवाद दिए । उनले आफू निको भएको खुसियालीमा सरकालाई एकहजार भारु सहयोग गर्न चाहेको उनले बताए ।
उक्त रकम धरानका मेयर राईलाई मियाँले हस्तान्तरण गर्दा उनले झापाका सिडियो मार्फत उपचार कोषमा दिन सुझाव दिए । मियाले कोराना नियन्त्रणका लागि प्रत्येक नागरिकले एकहजार सहयोग गरे सरकालाई समेत नियन्त्रण गर्न सहज हुने बताएका छन् ।