सुनवल नगरपालिकाले बनायो टेलिभिजन सुविधासहितको आइसोलेसन

सुनवल नगरपालिकाले बनायो टेलिभिजन सुविधासहितको आइसोलेसन

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले टेलिभिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा रहेको बाल सिकाइ केन्द्रको भवनमा २५ बेडको आइसोलेसन निर्माण गरिएको नगर प्रमुख भीम बहादुर थापाले बताए ।  

आर्थिक बोझ कम गर्न नगरपालिकाले सहयोगी दाताबाट बेड सहयोग मागेको हो । आइसोलेसनमा रहेका सबै बेड बुटवलको एक स्वास्थ्य संस्थाले सहयोगस्वरुप उपलब्ध गराएको हो ।

बेड मात्र नगरपालिकाले खरिद गरेको हो । आइसोलेसन निर्माण गर्न १ लाख ३१ हजार लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।आइसोलेसनमा महिलाका लागि ३ र पुरुषका लागि २२ बेड बनाइएको छ। प्रोटिनलगायतका नेपाल सरकारले उपलब्ध गराएका अन्य औषधिको व्यवस्था गरिएको छ ।

कोरोनाको पोजिटिभ रिर्पोट आएका तर लक्षण नदेखिएका आइसोलेसनमा बस्ने छन् । उनीहरु आफैले खाना नास्ता बनाएर खानका लागि छुट्टै भान्सा कोठा बनाइएको छ । 

मनोरञ्जनका लागि टेलिभिजन र वाइफाइको व्यवस्था गरिएको छ । आइसोलेसनमा नगरपालिकाका स्वास्थ्यकर्मी र अन्य १९ जना भोलेन्टिएर चिकित्सकले सेवा दिने व्यवस्था मिलाइएको नगर प्रमुख थापाले बताए । 

उनीहरु अहिले रुपन्देहीका अस्पतालमा भोलेन्टिएर गर्दै आएका छन् । 'सुनवल नगरपालिकाबाट एमबीबीएस गरेका गरेका १९ जना चिकित्सक छन् । 'उहाँहरु सबैले आइसोलेसनमा हरेक दिन एकजना बस्ने गरी सहयोग गछौं भन्नु भएको छ । उहाँहरुको सहयोगमा स्वास्थ्य सेवा उपलब्ध गराउने छौं, 'नगरप्रमुख थापाले भने,'स्थानीय तहले आइसोलेसन बनाउन ठूलै कसरत गर्नुपर्ने अवस्था नगरेको थापाको भनाइ छ । '

रकम अभाव भए सहयोगी दातालाई अनुरोध गर्न सकिन्छ । यस्तो बेला सबैले सहयोग गर्न तत्परता देखाउँछन् । २५ बेडले नपुगे अरु बेड तत्काल निर्माण गर्न सकिने गरी व्यवस्था मिलाइएको छ थापाले बताए।

प्रदेश सरकारले हरेक स्थानीय तहलाई आइसोलेसन निर्माण गर्न निर्देशन दिएपनि अन्य स्थानीय तहले अहिलेसम्म निर्माण गर्न सकेका छैनन् । तर रामग्राम नगरपालिकाले निर्माण सुरु गरेको छ । अन्य स्थानीय तहले भने त्यसको सुरुवात समेत गरेका छैनन् । जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । 

अहिलेसम्म ६ जना संक्रमित भएका छन् । ३ जना उपचारपछि घर फर्केका छन् । भारतबाट आउनेको संख्या बढ्दै जानु र संक्रमित फेला पर्न थालेपनि अन्य स्थानीय तह भने आइसोलेसन निर्माणमा उदासिन छन् । आइसोलेसन नहुँदा जिल्लामा देखा परेका संक्रमितलाई भैरहवा र बुटवल पठाउनु पर्ने बाध्यता छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.