भारतबाट आएकालाई बीचबाटोमै खाजा

भारतबाट आएकालाई  बीचबाटोमै खाजा

कालिकोट  : भारतबाट भोकभोकै फर्किएका यात्रुहरुलाई कालिकोटका युवाले खाजा खुवान सुरु गरेका छन् । जिल्लाको महाँवै गाउँपालिका निवासी ओदा फाउण्डेसनका अध्यक्ष तथा कालिकोटका समाजसेवी युवा करन सिंहको सहयोगमा भारतबाट भोकभोकै फर्किएका यात्रुहरुलाई जिल्ला सदरमुकामस्थित ताडीमा सडकमै गाडी रोकेर यात्रुहरुलाई खाजा खुवान सुरु गरेका हुन् । 

समाजसेवी युवा सिंहको नेतृत्वमा फाउण्डेसनका कर्मचारी, पृथ्वी रक्तदान वीर फाउण्डेसन कालिकोटका अध्यक्ष रमित मल्ल सहितका पदाधिकारीले दिनभर सडकमा खटिएर भारतबाट फर्किएका नागरिकहरुलाई सडकमै गाडी रोकी खाजा खुवान थालेका हुन्।

ओदा फाउडेसनका अध्यक्ष सिंहले हामीले भारतबाट गाडीमा आउने नागरिकलाई भोकभोकै आउने गरेको थाहा पाएपछि बीच बाटोमा खाजा खुवान सुरु गरेको बताए ।

उनका अनुसार शनिबारबाट यात्रुलाई खाजा खुवान सुरु गरेकोमा सोमबारसम्म ७ सय ६५ जनालाई खाजा खुवाइएको छ । उनले भने, 'हामीले कोरोना संक्रमणबाट जोगिन सावधानी अपनाएर फाइबरको झोलामा एकजनालाई एक पोका चिउरा, एक पोका दालमोट, एक बोतल पानी, चक्लेट, एउटा रुमाल, सेनिटाइजर, महिला भए सेनेटरी प्याड राखेर सबैलाई वितरण गर्ने गरेका छौँ।'

उनले लकडाउन अवधिभर यही सडकमा बसेर गाडीमा आउने यात्रुहरुलाई खाजा खुवाइने तयारी रहेको बताए । भारतबाट फर्किएका कालिकोट, जुम्ला र मुगुका स्थानीय नागरिक तीन दिनदेखि भोकभोकै यात्रा गर्नु परेको बताए।

भारतबाट फर्किएका महाँवै गाउँपालिकाका स्थानीय यसवाले भने, 'लकडाउनका कारण महेन्द्रनगबाट कालिकोट आउँदासम्म कतै पनि खाना, खाजा खान पाइएन् । भारतबाट फर्किँदा साथमा बोकेको चाउचाउ र चिउरा बन्बासामा दुई दिन रोकिँदा सकियो। 

उनले बन्बासाबाट भोकभोकै तीन दिन गाडीमा यात्रा गरेर कालिकोट आइपुगेको बताए।यहाँ सडकमा ओदा फाउण्डेशनले खाजा दिएपछि निकै राहत मिलेको उनले बताए।

उनी मात्र होइन मुगुका तीन सय जना यात्रुहरुले पनि खाजा खाएर युवालाई धन्यबाद दिएर गए । पृथ्वी रक्तदान वीर फाउण्डेसनका अध्यक्ष रमित मल्ले समाजसेवी मनकारी युवा करन सिंहको सहयोगमा कर्णाली राजमार्गमा भोकभोकै गाडीमा आउने यात्रुहरुलाई खाजा खुवाउँदा कोरोनाको डर पनि भुलेको बताए ।

उनले भने,' हामीले सावधानीका साथ खाजा खुवाउँदैछौँ । तर गाडीमा आएका दाजुभाइको भोकभोकै यात्रा गरेको पीडा सुन्दा कोरोनाको डर पनि बिर्सिन थालियो ।' 

ओदा फाउण्डेसनमार्फत करन सिंहले लकडाउनका कारण समस्यामा परेका महाँवै गाउँपालिका २ का ८० विपन्न दलित परिवारलाई खाद्यान्न पनि सहयोग गरेका छन् । उनले महाँवै गाउँपालिका २ मा १५ शैयाको अस्पताल संचालन गरी निशुल्क स्वास्थ्य सेवा पनि दिइरहेका छन् । यसअघि कालिकोटका २६ जना खुट्टा गुमाएर अपांगता भएका नागरिकलाई कृतिम खुट्टा हालिदिएर सहयोग गरेका थिए ।

उनले अमेरीकाका दुई दाजुभाइ जोन किस्टोफर र बबी किस्टोफरको सहयोगमा कालिकोटमा रहेका असहाय, विपन्न, दलित तथा समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.