फौजी किराले मकैबाली सखाप

फौजी किराले मकैबाली सखाप

जाजरकोट : मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । भर्खर उम्रिएको मकैमा किराको प्रकोप देखिएपछि उनीहरु चिन्तित भएका हुन् ।

जेठको पहिलो साताबाट देखिएको फौजी किराको प्रकोपले मकैबालीका बोट सखाप पारिदिएको छ । गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि किसानलाई चिन्तित बनाएको हो । किराले गुबो खाएपछि मकै नफस्टाएको भेरी नगरपालिका २ का मानवहादुर वलीले बताए । ‘एउटै मकैको बोटमा ७ वटासम्म किरा भेटिन्छ, किराले बोटै छिद्राछिद्रा बनाएर खाएपछि मकै सुकेर खेर जान थालेका छन’, उनले भने, ‘ वर्ष दिनभर खाने अन्नमा यसरी किराले सखाप बनाइदियो । अब के खाएर बाँच्ने हो ?’

कृषि विकास कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेरी, छेडागाड र नलगाड नगरपालिकामा प्रकोप देखिएको छ । शिवालय र बारेकोटमा पनि फौजी किराको प्रकोप देखापरेको छ । कुशे र जुनीचाँदेमा भने प्रकोप छैन ।

गतवर्ष झैँ बारीमा लगाएको मकै अमेरिकन फौजी किराले नष्ट गर्न सुरु गरेपछि कृषकहरू मारमा परेका हुन् । भेरी नगरपालिका १ का किसान भद्रबहादुर बटालाले भने, 'लकडाउनको समयमा जोगिएर खेती गरियो, तर बाली नै नष्ट हुन थालेपछि यसपालिको अन्न कसरी धान्ने होला।' वर्षेनी खाद्य संकट पर्ने जाजरकोटमा मकै बालीमा फौजी किराको प्रकोपले क्षति पुर्‍याएपछि किसानलाई भोकमरीको चिन्ता छ । सिंचाईको सुविधा नहुँदा जाजरकोटमा धानबालीभन्दा मकै बाली धेरै हुने गर्दछ ।

फौजी किराले पुर्‍याएको क्षतिको तथ्यांक संकलन भैरहेको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए । जाजरकोटमा १४ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गर्दछ । त्यसमध्ये फौजी किराले ५० प्रतिशत क्षति पुर्‍याएको कार्यालय प्रमुख अधिकारीले बताए । फौजी किराको प्रकोप नरोकिएको उनको भनाइ छ । 'बजेट अभावमा आवश्यक किटनाशक विषादी खरीद गर्न सकिएको छैन । कर्णाली प्रदेशको भुमिसुधार तथा कृषि मन्त्रालयलाई अनुरोध गरेपछि केही किटनाशक औषधी आएको छ । उक्त औषधी स्थानिय तहमा रहेका कृषि शाखा मार्फत वितरण गरेका छौं', कार्यालय प्रमुख अधिकारीले भने, ‘माग धेरै आइरहेको छ । स्थानीय सरकारमार्फत नै विषादी खरिद गर्न आग्रह गरेका छौं ।’ यसको प्रकोप करीव एक महिनासम्म हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.