चितवन राष्ट्रिय निकुञ्जमा हुर्कंदैछ अर्नाको दोस्रो पुस्ता

चितवन राष्ट्रिय निकुञ्जमा हुर्कंदैछ अर्नाको दोस्रो पुस्ता

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेका अर्नाले नयाँ पुस्ता हुर्काउँदैछ । तीन वर्षअघि स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको अर्नाको संख्या बढ्न थालेपछि संरक्षणकर्मी खुसी छन् । संरक्षित जातिको रुपमा सुचिकृत अर्नाको स्थानान्तरणपछि चार वटा बच्चा जन्मिएका छन्।  निकुञ्जभित्रको हरियालीमा माउसँगैको हुलमा रमाउन थालेका छन् । माउसँग अर्नाका पाडापाडी चर्छन् । सबै एकैसाथ हिँड्छन् र समूहमै बस्छन् ।   

निकुञ्जभित्रको पुरानो पदमपुर क्षेत्रमा २०७३ सालमा खुला खोर निर्माण गरी अर्ना ल्याएर राखिएको छ । कोसी टप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट ३ गरी १५ वटा अर्ना ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएको सबै अर्ना चार महिनामै मरे । भने २०७४ साउनमा आएको बाढीमा परी थप २ वटा र अर्को एउटा बाघको आक्रमणबाट मरेको थियो। 

अहिले १३ वटा अर्ना इन्क्लोजरमा रहेका छन् । अर्नाको नयाँ पुस्ता हुर्किन सफल भएको निकुञ्जले जनाएको थियो । पहिला अर्ना नजोगिएपछि त्यसबेला संरक्षणकर्मी निकै चिन्तित बनेका थिए । दोस्रो पुस्ता हुर्किएसँगै अर्ना स्थानान्तरण कार्य सफल भएको निकुञ्जका सौराहा सेक्टर प्रमुख गोपालबहादुर घिमिरेले बताए ।  

'२०३० सालमा स्थापनाअघि नै चितवन राष्ट्रिय निकुञ्जबाट अर्ना लोप भइसकेको थियो । सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो  । बासस्थान विनाश भएकै कारण अर्ना लोप भएको हो', उनले भने , ' प्राकृतिक कारणले लोप भएको अर्नाको संख्या बढाउन निकुञ्ज लागिपरेको छ ।'

अर्नाका लागि ३० हेक्टर क्षेत्रफलमा इन्क्लोजर बनाइएको उनले बताए । त्यसको वरिपरि सोलार फेन्सिङ गरिएको छ । निकुञ्जले  १५ हेक्टर क्षेत्रफलको अर्को इन्क्लोजर बनाउन लागेको छ ।  घाँस ब्यवस्थापनका लागि विस्तार गर्न लागेको इन्क्लोजरभित्र पाँच वटा पोखरी निमार्ण गरिएको छ । त्यसमा अर्ना आहाल खेल्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.