बैतडीका पहिलो संक्रमितले कोरोना जिते

बैतडीका पहिलो संक्रमितले कोरोना जिते

बैतडी : बैतडीका पहिलो कोरोना संक्रमित युवकले १३ औं दिनमा कोरोना जितेका छन् । यही जेठ ९ गते कोरोना पुष्टि भएका भएका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेका हुन् ।

ती युवकको धनगढी प्रयोगशालामा बुधबार र मंगलबार पिसिआर परीक्षण गर्दा लगातार दुई रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । उनले भने, ‘संक्रमित युवकको संक्रमण पुष्टी भएको १० दिनमा पठाएको स्वाब र त्यसको २४ घण्टापछि पठाएको स्वाबको रिपोट नेगेटिभ आएको छ । लगातार दुई रिपोट नेगेटिभ आएपछि युवकलाई अस्पतालबाट डिस्चार्ज गर्छौं ।’

जिल्ला अस्पताल बैतडीको आइसोलेसन कक्षमा उपचाररत ती युवकलाई बुधबार नै डिस्चार्जको तयारी भएको प्रमुख डाक्टर जोशीले बताए । कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो । वैशाख १३ गते शिवनाथ गाउँपालिकाकी किशोरी गीता महर मृत्यु प्रकरणमा ती युवक वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । प्रहरी हिरासतमै उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए ।

कोरोना जित्ने युवक कारागार चलान हुने

कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका कोरोना पुष्टि भएका ती युवकले कोरोना जिते पनि घर जान नपाउने भएका छन् । ती युवक कोरोना जिते पनि कारागार चलान हुने भएका छन् ।

शिवनाथ गाउँपालिकाकी १९ बर्षीय किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ वैशाख १५ गते पक्राउ परेका ती २२ वर्षीय युवक कारागार चलान हुने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले बताए । कोरोना जितेपनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुर्पक्षका लागि कारगार चलान गर्न आदेश दिइसकेकाकोले कारागार चलान गरिने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.