मुस्ताङमा आरडीटी पोजिटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

मुस्ताङमा आरडीटी पोजिटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

जोमसोम : मुस्ताङमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएका ८ जनाको स्वाबमध्ये बुधबार ६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षण गर्दा ६ जनाको स्वाब नमूना नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

मुस्ताङ र म्याग्दीको सीमानाका थासाङ-४ घासाको कोरोना क्लिनिक भएको नियमित कोरोना परीक्षणको आरडीटी विधिबाट परीक्षण गर्दा ६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथामका प्रदेश लागि प्रवक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिए ।

मुस्ताङमा निर्माण सामग्री ,खाद्यान्न र सडकको उपकरण चलाउन चालक ,सहचालकलगायतको सीमानाकामा आरडीटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो ।

आरडीटी पोजिटिभ देखिएका ८ जनाको नमूना स्वाब २ दिनअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएका सबै ट्राभल स्टोरी संक्रमित जिल्लाबाट आएका थिए । मुस्ताङबाट पठाएका ८ स्वाब मध्ये २ जना महिला स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.