भोकले आत्महत्या प्रयास

भोकले आत्महत्या प्रयास

हेटौंडा : हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे। छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए। लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैसे पुरुषले आत्महत्या प्रयास गरेका थिए।

‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीज केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्’, स्थानीय मिलन श्रेष्ठ भन्छन्।

लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ। संक्रमण फैलन नदिन सरकारले लकडाउन जारी राखेका बेला यस्ता विपन्न परिवारलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरू मारमा छन्। राहतमा प्राप्त खाद्यान्न सकिँदा पनि लकडाउन नखुलेपछि कतिपय भोकभोकै मर्ने अवस्थामा पुगेका छन्।

मकवानपुरमा मात्र संगठित र असंगठित गरी करिब १५ हजार मजदुर रहेको मजदुर सम्बद्ध संगठनहरूको अनुमान छ। ‘नेकपा, नेपाली कांग्रेस र अन्य राजनीतिक दलसम्बद्ध १० हजार मजदुर र बाँकी ५ हजार असंगठित मजदुर लकडाउनका कारण घरमै बस्न बाध्य छन्’, एकीकृत ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई भन्छन्, ‘सरकारले दिएको राहत पनि सबैले पाएका छैनन्। दैनिक बिहान–बेलुका काम गरेर खानुपर्ने मजदुरले सबैभन्दा बढी बाँच्नका लागि संघर्ष गरिरहनुपरेको छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.