कालिकोटमा बालबालिका स्याहार सम्बन्धि माइकिङ

कालिकोटमा बालबालिका स्याहार सम्बन्धि माइकिङ

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकामा माइकमार्फत बालबालिका स्याहार सम्बन्धि सचेतना दिने गरिएको छ । सेभ चिल्डेन र भिडिसेफ नेपालको साझेदारीमा संचालित शुभारम्भ परियोजनाको सहयोग तथा तिलागुफा नगरपालिकाको समन्वयमा नगरका ९ वटै वडामा बालबालिकाको स्याहार सम्बन्धि सचेतना माइकमार्फत दिन थालिएको हो । 
     

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको निरन्तर लकडाउने सबै बालबालिका घरमै रहेका बेला उनीहरुको स्याहारमा अभिभावकले ख्याल गर्नु पर्ने कुराहरु माइकिङ गरेर जानकारी दिने गरिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए । उनले भने, 'लकडाउनले घरमै बसेका बालबालिकाको खानपिन र स्यहारको ख्याल गरी कुपोषणको समस्या न्यूनीकरण गर्ने लक्ष्य रहेको छ । त्यसै लक्ष्यलाई पूरा गर्न शुभारम्भ परियोजनाका सामाजिक परिचालकलाई परिचालन गरी माइकमार्फत बालबालिका स्याहार सम्बन्धि अभिभावकलाई शिक्षा दिन थालिएको हो ।' 
    
शुभारम्भ परियोजना संयोजक सन्ध्या सुवेदीले कुपोषण न्यूनीकरणका लागि टोल टोलमा गएर संचालन गर्ने सम्पर्क कक्षालाई लकडाउनका बेला स्थानीय रेडियो र हरेक वडामा कर्मचारी खटाएर माइकिङसमेत गर्ने गरिएको जानकारी दिइन् । उनले भनिन्, 'लकडाउनको अवस्थामा बालबालिकाको स्याहारमा कमी नहोस् भन्ने उद्देश्यले माइकिङ गरेर सचेतना दिने गरिएको हो । टेलिफोन, रेडियो लगायतका संचारका साधन नभएका टोलमा माइकिङ अभिभावक शिक्षाका लागि निकै उपयोगी साधन बनेको छ ।' 
   
उनका अनुसार शुभारम्भ परियोजनाका सामजिक परिचालक र एलआरपीले हातमा माइक लिएर गाउँको अग्लो ठाउँ गएर कथा भनेर खेलिने खेल, स्नेह र सामिप्यता, बालबालिकालाई उचित मार्गदर्शनसहितको हेरचाह, बालबालिकाको विचार र भावना बुझ्नु, बालबालिकालाई शान्त बनाउने, बिरामी बालबालिकको हेरचाहको बारेमा जानकारी दिने गरिएको छ । गर्भा अवस्थादेखि ३ वर्षमुनिका बालबालिकाहरुको पोषण अवस्था सुधार गर्ने उद्देश्यले गाँउ गाँउमा अभिावकलाई सन्तुलित भोजनका विषयमा पनि जानकारी दिने गरिएको छ । माइकबाट दिइने अभिभावक शिक्षा घरमा खान पकाउँदै, खान खाँदै, घरको काम गर्दै गरेका मानिसहरुले सहजै सुन्ने र व्यवहारमा प्रयोग गर्ने गरेका छन् । 
    
स्थानीय पूर्णकला शाहीले आफूहरूले गाउँमा बालबालिकालाई कसरी स्याहार गर्ने भन्ने विषयमा माइकबाट जानकारी दिने गरेको बताइन् । उनले भनिन्, 'नगरपालिका र संस्थाका कर्मचारी पहिले गाउँमै आएर यसबारे सिकाउने गरेका थिए । अहिले लकडाउनका कारण माथि डाँडाबाट माइकबाट सल्लाह दिन्छन् ।' हामीले अहिले उनीहरुले सिकाए अनुसार बालबालिकालाई समय दिएर स्याहार गर्ने गरेको उनले बताइन् । 

भिडिसेफ नेपालका व्यवस्थापक राजेन्द्र सहकारीले लकडाउनका बेला बालबालिकाको खानपिन तथा अन्य स्याहारका विषयमा ख्याल गर्नु पर्ने कुराहरु माइकबाट सिकाउने कार्य निकै उपयोगी भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.