कपिलवस्तुमा नाम मात्रैका आइसोलेसन

कपिलवस्तुमा नाम मात्रैका आइसोलेसन

कपिलवस्तु : जिल्लामा निर्माण गरिएका आइसोलेसन वार्डहरु मापदण्ड विपरितका छन् । कोरोना संक्रमण भएका सर्वसाधारणको सघन उपचारका लागि निर्माण गरिएका आइसोलेसन वार्डमा पोषिलो खाने कुरा, बसाइ व्यवस्थापनलगायतका अति आवश्यक सेवा प्रवाह हुन सकेको छैन । 

आइसोलेसन वार्डको मापदण्ड अनुसारका बेड पनि राखिएका छैनन् । २४ घण्टा स्वास्थ्यकर्मी, मेडिकल अफिसरको ड्युटीको प्रबन्ध पनि हुन सकेको छैन ।  जिल्लाका विभिन्न पालिकाले ५ सय बढी आइसोलेसन वार्ड स्थापना गरेको बताएका छन् । तर केही वार्डबाहेक अधिकांश वार्ड क्वारेन्टाइनसरह नै छन् ।

अहिले निर्माण गरिएका आइसोलेसन  वार्डमा कोरोना संक्रमितलाई कुनै जटिल समस्या देखिइ हाल्यो भने उनीहरुलाई थप उपचार गर्न जिल्लामा कोरोना विशेष अस्पताल स्थापना हुन सकेको छैन । 

जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना विशेष अस्पताल बनाउने खालका भवन उपलब्ध नभएका कारण सदरमुकाम तौलिहवामामा तत्काल कोरोना विशेष अस्पताल निर्माण गरिनुपर्ने यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताए ।

मुलुकमै संक्रमितको संख्या बढी भएको जिल्लामा कोरोना संक्रमण रोकथामका लागि गर्नुपर्ने प्रयास प्रशस्त मात्रामा हुन नसकेको तौलिहवाका अगुवा युवा प्रकाश घिमिरेले बताए । 

प्रदेश सरकार र केन्द्र सरकारले आवश्यक उपकरणहरु तत्काल उपलब्ध गराएर कोरोना विशेष अस्पताल निर्माण गर्नुपर्छ । जिल्लामा रहेका ३ सय २ जना संक्रमितमा कुनै जटिल समस्या देखिए उपचार नै नपाएर मर्ने अवस्था नहोस्, अगुवा युवा घिमिरेले भने, 'क्वारेन्टाइन व्यवस्थापनसम्म जिल्लाका पालिका सक्षम थिए तर आइसोलेसन वार्ड निर्माणका लागि प्रदेश र केन्द्र सरकारको अहयोग जरुरी छ, होइन भने क्वारेन्टाइनको अव्यवस्थित व्यवस्थापन जस्तै हालत आइसोलेसन वार्डको हुनसक्छ, यसतर्फ समयमै सोच्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.