कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना पुष्टि
काठमाडौं : कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा एकै दिन ठूलो संख्यामा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएकामा दैलेखको नारायण नगरपालिकाका मात्र ६४ पुरुष र ५ महिला छन्। सँगै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ गरेर १०५ जना संक्रमित दैदेखका छन्। त्यसैगरी मुगुको खत्याडका अर्का एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।
योसँगै कर्णालीमा मात्रै २१३ जनामा संक्रमण पुष्टि भएको छ।