'लकडाउन' मै भित्रियो पाठ्यपुस्तक

'लकडाउन' मै भित्रियो पाठ्यपुस्तक

 बेनी : कोरोना भाइरस (कोभिड-१९) को जोखिम र नियन्त्रणका लागि गरिएको लकडाउनका बीच म्याग्दीमा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक भित्र्याइएको छ । पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्ने वातावरण बनेको छ । 

शिक्षा मन्त्रालयले लकडाउनको अवस्थामा असार १ गतेदेखि बैकल्पिक व्यवस्था गरेर पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै म्याग्दीका विद्यालयले विद्यार्थीलाई स्वअध्ययन गराउने तयारीमा जुटेका छन्। 

विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुलेपनि घरमै बसेर पढ्ने वातावरण बनाउन लागेको बेनी-९ नेप्टेचौरको राष्ट्रिय माविका शिक्षक रामचन्द्र शर्माले बताए । 

'सामाजिक दुरी कायम र लकडाउनको परिपालना गरेर विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउन लागेका छौं,' उनले भने 'वैकल्पिक माध्यमबाट पढाउन भनेपनि स्पष्ट नभएकाले पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्न उपयोगी हुन्छ ।'
 
भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौति छ । सबै वर्ग र क्षेत्रका विद्यार्थीमा रेडियो-टेलिभिजनको पहुँच पनि छैन् । 

विद्यार्थीले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले जेठ महिना भित्र नै पुस्तक वितरण गरिसक्ने विद्यालयहरुको योजना छ । 

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक ल्याएर बिक्री कक्ष स्थापना गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरा स्थित क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वय गरे कक्षा १ देखि १० सम्मको पुस्तक आयात भएको छ । 

स्थानीय तहका शिक्षा शाखा मार्फत तथ्याङ्क संकलन गरेर मागको आधारमा पुस्तक ल्याइएको महासंघका जिल्ला अध्यक्ष मुकुन्दप्रसाद आचार्यले बताए । 'पुस्तक अभाव नहोस भनेर पर्याप्त मात्रामा ल्याएका छौ,' उनले भने, 'टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक पठाउन थालेका छौं ।' 

एनका अनुसार पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि लकडाउन भएपनि शैक्षिक सत्र सुरु हुनु अघिनै ढुवानी गरिएको हो। पालिकाहरुले विद्यालयलाई पुस्तक खरिदका लागि माग गरिएको मध्य ७० प्रतिशत बजेट पेश्की उपलब्ध गराएका छन् । आन्तरिक स्रोत जुटाएर पुस्तक खरिद वापतको रकम भुक्तानी गरिएको रघुगंगा–४ दग्नामको जनता माविका प्रअ गुन पुनले बताए ।  

२३२ वटा सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा वार्षिक एक करोड रुपैयाँ बजेट खर्च हुने गरेको छ । एउटा कक्षाका लागि एक हजार सात सय देखि दुई हजार दुई सय पचास सेट पुस्तक आवश्यक पर्छ । 

कोरोनाको जोखिम र लम्बिदो लकडाउनका कारण तत्कालै विद्यालय खुल्ने सम्भावना नभएपनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने अपेक्षा गरिएको छ । मंगला गाउँपालिकाले तल्लो कक्षाका विद्यार्थीका लागि सिकाइ सामग्री तयार पारेर वितरणको तयारी गरेको शिक्षा शाखा संयोजक डेकबहादुर बानियाले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.