सुनसान रारा (फोटो फिचर )

सुनसान रारा (फोटो फिचर )

मुगु  : चैत्रदेखि असारसम्म रारा घुम्ने उपयुक्त समय हो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गते लक डाउन लागु गरेपछि योपटक रारा आउनेको संख्या शुन्य भएको छ । 

सडक यातायात  पुगेपछि केही वर्ष यताबाट चैत्र महिनादेखि असारसम्म रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या निकै बढेको थियो । लक डाउन लागु गरेपछि रारा क्षेत्र सुनसान रहेको छ भने आसपासमा रहेका होटल बन्द छन् ।


  
अन्य वर्ष यो समयमा तालको किनार तथा अन्य तालका आसपासका रमरणीय क्षेत्रमा फोटो खिचाउन उभिएका भिडका भिड मानिस देखिन्थे । लक डाउनका कारण यसपालि चैत्रबाट एक जना पनि आएका छैनन् । सबै होटल बन्द गरेर ब्यवसाही आ-आफ्नो घर गइसकेका छन् । बाटोभरि घोडा सफारी र तालमा डुङ्गा सयर गर्ने मानिसको अभावमा रारा ताल मौन छ । ताल वरिपरि रहेका घाँसे मैदान सुनसान छन् । माझ घट्ट, सल्लेरी, हुटु र लामाचौरका होटल सबै बन्द गरिएको होटल व्यवसाही चक्र रोकाया बताउँछन् ।

 
रारा आउने पर्यटकलाई घोडा सफारी गराउन  मुर्मा, झयारी, टोप्ला गाँउका झण्डै सयौ जनाले घोडा ब्यवसाय गरेका थिए । पर्यटक नआएपछि दैनिक २ हजारदेखि ३ हजारसम्म आम्दानी गर्ने घोडा ब्यवसायसमेत चौपट भएको छ । दानपानी  गर्ने खर्चसमेत नभएपछि घोडा पाटन क्षेत्र छोडेको ब्यवसाही अर्जन राजवलले बताए ।
 
रारा घुम्ने सिजनमा अघिल्ला वर्ष दिनहुँ २ सय देखि ३ सयसम्म आन्तिरिक पर्यटक आउने गरेका थिए । लक डाउन लागु हुनुभन्दा पहिले रारा आउनका लागि सयौँ जनाले होटल बुक गराइसकेका थिए । कोरोना भाइरस नियन्त्रण नहुन्जेल रारा सुनसान हुने होटल डाँफेका म्यानेजर बलि शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.