सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित

सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित

राजविराज : सप्तरीको चारवटा स्थानीय तहमा बिहीबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणअनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका ६, छिन्नमस्ता गाउँपालिकाका ५, राजविराज र शम्भुनाथ नगरपालिकाका १÷१ जना थप भएका हुन् । राजविराजबाहेक अन्य तीनवटा स्थानीय तहमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमति १३ जना थप भएसँगै सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ६९ पुगेको छ । संक्रमित १३ जना पुरुष रहेको र भारतको विभिन्न राज्यबाट जेठको पहिलो साता आएको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले बताएका छन् । 

हनमाननगर कंकालिनी नगरपालिका ४ का ४० वर्षीय, वडा नम्बर ५ का ४८ वर्षीय, वडा नम्बर  ९ का ४० वर्षीय, वडा नम्बर ११ का १७ वर्षीय तथा वडा नम्बर १४ का २१ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमित भएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए । उनीहरु जेठ १ देखि ६ गतेभित्र भारतको हरियाणा र जयपुरबाट आएका हुन् ।

छिन्नमस्ता गाउँपालिकास्थित २ मोहनपुरका १७ र २९ वर्षीय पुरुष, वडा नम्बर ६ कोचाबखारीका २४ र २९ वर्षीय पुरुष तथा वडा नम्बर ६ खुदीबखारीका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

पाँचैजना जेठ ३ गते भारतको हरियाणाबाट आएको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्रकुमार यादवले जानकारी दिएका छन् । उनीहरु छिन्नमस्ता गाउँपालिकाको गोबिन्दपुरस्थित क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवका अनुसार संक्रमित पुष्टि भएका राजविराज- ९ मलेठका २८ वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएका हुन् ।

शम्भुनाथ नगरपालिकाका स्वास्थ्य संयोजक महेश यादवका अनुसार शम्भुनाथ-७ का संक्रमित ३२ वर्षीय पुरुष जेठ ७ गते बिहारको रौताबाट आएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको मुम्बइबाट आएका राजगढ गाउँपालिका-२ का २० वर्षीय युवकमा मङ्गलबार र भारतको हरियाणाबाट आएका तिरहुत गाउँपालिका-४ डिमनका २८ वर्षीय युवकमा बुधबार संक्रमण पुष्टि गरेको थियो।

सप्तरी जिल्लामा हालसम्म बोदेबसाईन नगरपालिकाको सबैभन्दा बढी १९ जना, राजगढ गाउँपालिकाको १३, डाक्नेश्वरी नगरपालिकाको १२, हनुमाननगर कंकालिनी नगरपालिकाको ६, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिकाको ५/५, बलान बिहुल गाउँपालिकाको ४ जना संक्रमित भएका छन् ।

खडक, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर र तिरहुत गाउँपालिकाका १/१ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । संक्रमित पुष्टि भएकामा २ महिला र ६७ पुरुष छन् ।
 
संक्रमित सबैलाई राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलस्थित आइसोलेसन सेन्टरमा राखिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आइसोलेसन कक्षमा रहेका १८ वर्षीय युवक बिहीबार नै डिस्चार्ज भएसँगै अस्पतालको आइसोलेसन खाली भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.